• धनगढीमा जारी महिला जेसीज सप्ताह अन्तरगत दृष्टि फाउण्डेसनमा अक्षयकोष स्थापना गरिएको छ। धनगढी लेडी जेसीजको आयोजनामा भईरहेको जेसीज सप्ताह अन्तर्गत दृष्टि फाउण्डेसनमा एक लाखको अक्षयकोष स्थापना गरिएको हो। मानसिक सन्तुलत ठिक नभएका महिलाहरुलाई आश्रय दिदै आएको फाण्डेसनमा उनीहरुकै सहयोगका लागि अक्षयकोष स्थापना गरिएको आयोजक धनगढी लेडी जेसीजकी अध्यक्ष दिप्ती शाहीले बताईन्।

    अधिवक्ता तथा महिला अधिकारकर्मी डाक्टर जानकी तुलाधरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष पदमविक्रम सिंह विशिष्ठ अतिथी रहेका थिए। अक्षयकोष स्थापनापछि फाण्डेसनका अध्यक्ष कल्पना भट्टले खुसी व्यक्त गरिन्। सप्ताह अन्तरगत शिक्षक सम्मान, निशुल्क स्वास्थ्य शिविर, लागु पदार्थ दुव्र्यसनी विरुद्ध जनचेतना कार्यक्रम, महिला हिंसा सम्वन्धी अन्तरक्रिया कार्यक्रम, प्रकरण गोष्ठी र सम्मान कार्यक्रमको पनि आयोजना गरिने अध्यक्ष शाहीले बताईन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…