• घोराही, १९ असोज । दाङ महिला जेसीजले शुक्रवार विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रत्येक वर्ष झै यो वर्षपनि महिला जेसीजले विद्यालयका छात्रछात्रालाई सहभागि गराएर वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो ।
    प्रतियोगितामा विभिन्न विद्यालयका ११ जना छात्र÷छात्राहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा गोरखा स्कुलका छात्र समिप भण्डारी प्रथम, सरस्वती मा.वि.काठेकोलका झपेन्द्र महत दितिय, सिद्दरत्ननाथ मा.वि. नारायणपुरकी रेणु ओली तृतिय र पशुपति विद्याश्रम नारायणपुरका सुभाष जंग रावत शान्त्वना भएका थिए ।
    वक्तृत्वकला प्रतियोगितामा कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपलिकाका मेयर नरूलाल चौधरीे हरेक मानिसको सोच र हेर्ने दृष्टिकोण सधै सकरात्मक भए मात्र सफल हुने बताए । समाज सुधार्नको लागी शुरुवात आफैले गर्नुपर्ने साथै बोलेका कुराहरुलाई व्यवहारमा ल्याउनु नै मानिसको धर्म भएको उनले बताए ।
    कार्यक्रममा नेपाल पत्रकार महासँघ दाङका अध्यक्ष सविन प्रियशन, प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय सचिव विष्णु पंगेनी, दाङ महिला जेसीजकी पुर्व अध्यक्ष शुशिला पौडेल लगायतले आआफ्नो धारणा राखेका थिए ।
    वक्तृत्वकला प्रतियोगितको निर्णायक मण्डलमा नेपाल सँस्कृत बिद्यालयका अध्यापक दुर्गालाल केसी र उपप्रधानध्यापक टिकाराम उदासी रहेका थिए । दाङ महिला जेसीजकी अध्यक्ष जेसी डोमा पाण्डेयको अध्यक्षतमा भएको कार्यकमको सहजीकरण महिला जेसीजकी महासचिव जेसी ममता विष्टले राख्नु भ्एको थियो भने जेसीजकी उपाध्यक्ष विष्णु थापाले धन्यवाद मन्तव्य राख्नु भ्एको थियो ।





सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…