• देबु बानियाँ
    झापा । प्रदेश नम्बर १ का मुख्य सचिव केदार न्यौपानेले प्रदेश नम्बर १ लाई सहकारीको प्रदेश बनाउने उद्घोष गर्नु भएको छ ।
    मेची कृषक बहुमुखी सहकारी संस्था मेचीनगर–७ को १९ औँ बार्षिक साधारण सभालाई शनिवार सम्बोधन गर्दै मुख्य सचिव न्यौपानेले १ नम्बर प्रदेशलाई सहकारीमय बनाउने बताउनु भएको हो ।
    ‘पूर्व क्षेत्र सहकारीको अभियानमा अग्रपङतिमाछ’ कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका न्यौपानेले भन्नु भयो–‘यसलाई अझ मजबुत बनाउँदै पूर्वबाटै सहकारीमय बनाउँदै लैजानु पर्छ । त्यसका लागि प्रदेश सरकार र स्थानीय सरकारले विषेश प्राथमिकताका साथ योजना अघि सार्नेछ ।
    धेरै क्षेत्रमा सहकारीले सेयर सदस्यलाई सुकुम्बासी समेत बनाएको उदाहरण दिँदै प्रमुख अतिथि न्यौपानेले भन्नु भयो–‘सहकारीमा कुनै पार्टी, जाती र सम्प्रादयको भेदभाव नहुने हुनाले यसलाई सामुहिक रुपमा सहकार्य गर्दै जाने हो भने यसले गरिव जनताको जीवनस्तर उकास्न ठूलो टेवा पु¥याउँछ ।’
    नेपाल कृषि प्रदान देश भएको बताउँदै मुख्य सचिव न्यौपानेले युवा जनशक्तिलाई विदेशतिर होइन आधुनिक कृषि प्रणालीमा प्रोत्साहन गर्दै रोजगार मुखी बनाउनु पर्ने धारणा राख्नु भयो ।
    कार्यक्रमका विशेष अतिथि मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले मेचीनगरलाई सहकारी क्षेत्रमा सुधार गर्न सहकारी ऐन ल्याउने तयारी गरिएको बताउनु भयो । धेरै सहकारीहरु लगानी गरेको ऋण उठाउन नसकेर धरासयी बनेको बताउँदै आगामी दिन यस्तो हुनबाट बञ्चित गराउँदै सेयर सदस्यहरुलाई समेत सहज हुने गरी सहरकाी ऐन ल्याउन लागेको बताउनु भयो । जसको तयारी भइरहेको समेत उहाँलदे बताउनु भयो । सहकारीको व्यवस्थापनका लागि मेचीनगरपालिका लाग्ने बताउँदै मेयर आचार्यले अबको कृषि प्रणालीलाई आधुनिककरण गर्न सकिएन भने हाम्रो लक्ष्य पुरा नहुने बताउनु भयो ।
    सोही कार्यक्रममा संस्थालाई योगदान दिने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । डिकबहादुर पौडेल सहकारी पुरस्कार अनन्त घिमिरे, उत्कृष्ट बचतकर्तातर्फ कमल मेचे, लक्ष्मण पराजुली, उत्कृष्ट ऋणीतर्फ भीमकुमार श्रेष्ठ, शान्ति राजवंशी, बिजबृद्धि अगुवा कृषकतर्फ विमला श्रेष्ठ, राजन बुढाथोकी र एसइइमा उत्कृष्ट हुने सयर सदस्यका छोराछोरीहरुमा सागर निरौला र रिजेश अधिकारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । उनीहरुलाई नगदसहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

    संस्थाका अध्यक्ष तुलसीराम पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति मणिकुमार उप्रेती, नेकपा नगर इन्र्चाज देवकुमार राई, आदर्श माविका प्रधानाध्यापक हेमकुमार खड्का, वडा नम्बर ८ का वडा अध्यक्ष विकेन्द्र धिमाल, सहकारी संघ झापाकी सदस्य दुर्गा खतिवडालगायतले १९ वर्षको अवधीमा कृषिको क्षेत्रमा यस सहकारीले उल्लेखिय योगदान गरेको बताउनु भयो ।
    कार्यक्रममा भानु सहकारी संस्था धुलावारीका अध्यक्ष गोपाल चुँडाल, सुरेन्द्रनगर चिया सहकारीका अध्यक्ष दिलिप सुब्बा, मेचीनगर १५ का वडा अध्यक्ष राजन भट्टराई, शिक्षक महासंघ झापाका सचिव तोया दाहाल, पूर्व लेखा संयोजक धनराज भण्डारीलगायतको सहभागिता रहेको थियो ।
    संस्थाका सदस्य तेजप्रसाद चौलागाईले अध्यक्षको प्रतिवेदन, लेखा प्रतिवेदन लेखा संयोजक पूर्णबहादुर खड्का र संस्थाको प्रतिवेदन व्यवस्थापक दिपक काफ्लेले प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव हरि बुढाथोकीले गर्नु भएको थियो ।
    २०५६ सालमा स्थापना भएको यस सहकारीले कृषिको क्षेत्रमा विषेश योगदान गर्दै आएको छ । ७८ जना सेयर सदस्यहरुको ३९ हजार सेयर पुँजीबाट सुरु गरिएको यस सहकारीले यस अवधीमा ३ करोड ९१ लाख ४३ हजार २ सय सेयर पुँजीको कारोबार गरिरहेको छ । संस्थाले राष्ट्रिय तथा जिल्ला स्तरबाट पुरस्कार तथा संस्थाका अध्यक्ष तुलसीराम पौडेललाई उत्कृष्ट संचालक र व्यवस्थापक दिपक काफ्लेलाई उत्कृष्ट व्यवस्थापकको रुपमा पुरस्कृत गरिसकेको छ ।













सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…