• उर्लाबारी, २० असोज
    सामाजिक कार्यमा क्रियाशिल उर्लाबारी–६ स्थित सामुदायिक विकास मञ्चले शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
    उर्लाबारी नगरपालिका वार्ड नं. ५ को प्रायोजनमा भएको सो बृहत सररफाई कार्यक्रम नजिकै आउँदै गरेको दशै“ सहितका चाडवाडलाई स्वागत एवम् मञ्चको बार्षिक कार्यक्रम अनुसार गरिएको अध्यक्ष ढुण्डुराज भट्टराईले बताउनुभयो । उर्लाबारीको मुख्य चौकमा उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले शुभारम्भ गर्नुभएको सो अभियानमा सहभागी सयौँ उर्लाबारीवासीले उर्लाबारी–मधुमल्ला सडकको करिव ३.५ किमी क्षेत्रको दाया“ बाया“ सरसफाई गरेका थिए ।
    नगरपालिका वार्ड नं. ५ का अध्यक्ष भानुभक्त पराजुलीले नगर परिषदबाट पारित भएको वडाको सरसफाई शीर्षकको ५० हजार रुपैया“ मञ्च मार्फत खर्चेको बताउनुभएको छ । दुई दशकअघि स्थापना भएको सो मञ्चले रक्तदान, निःशुल्क स्वस्थ्य शिविर, विद्यालय स्वास्थ्य कार्यक्रम, खेलकुद तथा शैक्षिक कार्यक्रम, पर्यावरण र बृक्षारोपण, परोपकार लगायतका दर्जनौ सामाजिक कार्यहरु गर्दै आएको कोषाध्यक्ष प्रभु दिलुङ्छा राईले जानकारी दिनुभयो ।

     

     

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…