• मेचीनगर । जीविको सहकारस् संस्था मेचीनगर ७ झापाको ११ औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
    किराँत याक्थुङ चुम्लुङ मेचीनगरको सभाहलमा सम्पन्न साधारणसभामा विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दै सम्पन्न भएको थियो ।
    सम्मानित हुनेहरुमा संस्थाका संस्थापक अध्यक्ष पुष्पराज पौडेल, उत्कृष्ट कर्मचारीमा व्यवस्थापक गीता ओझा, उत्कृष्ट बचतकर्तामा धर्मराज भट्टराई र चन्द्रबहादुर तामाङ तथा उत्कृष्ट ऋणीतर्फ किरण तामाङ रहेका छन् । उहाँहरुलाई नगदसहित सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
    संस्थाका अध्यक्ष राजनकुमार गिरीको सभापतित्व तथा मेचीनगरका मेयर विमल आचार्यको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा महालक्ष्मी कृषि सहकारीकी सदस्य मञ्जु खनाल, जीविको समूहकी अध्यक्ष उमा लुङ्गेलीलगायतले संस्थाले गरेको योगदानको चर्चा गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष धर्मानन्द खनालले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन सदस्य विष्णु पाण्डेले गर्नु भएको थियो ।









सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…