• झापा । तिलोत्तमा जेसीजको आयोजनामा एकदिने स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
    द दरवार लन योगिकुटीमा सम्पन्न सचेतना कार्यक्रममा ४ सय ५० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा अग्रज पत्रकार एवम् नेपाल क्यान्सर सहयोग समूहका उपाध्यक्ष दिलिप भट्टराई, बरिष्ठ स्तन क्यान्सर रोग विशेषज्ञ डाक्टर अम्बुज कर्ण, बरिष्ठ पाठेघर मुखको क्यान्सर रोग विशेषज्ञ डाक्टर अनु बज्रचार्यलगायतले क्यान्सर सम्बन्धि बिषयमा बोल्नु भएको थियो ।
    तिलोत्तमा जेसीज वर्ष २०१८ का अध्यक्ष इश्वर पाण्डेको सभापतित्व तथा पूर्व राज्य मन्त्री तथा नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तिलोतमा जेसीजका पूर्व अध्यक्ष विनोद सुवेदी, बुटवल महिला जेसीजकी अध्यक्ष राधिका पोखरेल, सिद्धार्थ महिला जेसीजकी अध्यक्ष विन्दु काफ्लेलगायतले बोृल्नु भएको थियो ।
    कार्यक्रम संयोजक तथा कार्यकारी उपाध्यक्ष बासुदेव शर्माले स्वागत गरेको कार्यक्रममा आस्थापाठ रुविन पाण्डे र सञ्चालन विदुर पौडेलले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…