• मेचीनगर । तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था मेचीनगर–१३ को ११ औँ बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
    साधाणसभाको अवसर पारेर विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्ता अशोक तामाङ र मिना पराजुली, उत्कृष्ट ऋणीमा विनोद मेचे र मन गुरुङ, उत्कृष्ट उद्यमशील महिलातर्फ तारामाया मोक्तान, उत्कृष्ट बाल बचततर्फ गोकर्ण न्यौपाने,उत्कृष्ट कर्मचारीमा टिका पनेरु, संस्थापक सम्मानमा उत्तरकुमार पौडेल रहेका छन् ।

    संस्थाका अध्यक्ष लेखनाथ पौडेल (केशव) को सभापतित्व तथा मेचीनगर नगरपालिकाकी उपमेयर मिना उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि मेचीनगर–१३ का वडा अध्यक्ष कृष्णराज सिग्देल, हिमालयन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अनन्तप्रकाश वस्ती, त्रिदेव बहुमखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सन्तोष न्यौपाने,
    निवर्तमान अध्यक्ष लिलाप्रसाद भण्डारीलगायतले बोल्नु भएको थियो ।
    कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी केन्द्रीय सदस्य संगीता थापा, हातेमालो वन उपभोक्ता समितिका उपाध्यक्ष चन्द्र सिग्देललगायतको सहभागिता रहेको थियो ।
    लेखा संयोजक अर्जुन खनाल लेखा प्रतिवेदन, अध्यक्ष केशव पौडेलले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने संस्थाको गतिविधिमाथि व्यवस्थापक मोहन अधिकारीले प्रकाश पार्नु भएको थियो । संस्थाका उपाध्यक्ष मुक्ति प्याकुरेल स्वागत तथा सचिव महेन्द्रविलास लुइँटेलले सञ्चालन गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…