काठमाडौं । महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख डिएसपी श्यामकुमार राई घुससहित पक्राउ परेका छन् ।
एक्चालिस हजार घुस रकमसहित बौद्ध प्रहरी प्रमुख डिएसपी राई पक्राउ परेको समाचार स्रोतले जनाएको छ ।
उनले बौद्ध क्षेत्रमा व्यापारीहरूबाट रकम असुली गरेर आतंक मच्चाएको बारेमा पटक पटक महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको थियो ।
प्रहरी प्रधान कार्यालयमा समेत उजुरी परेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार उनलाई पक्राउ गरेको हो ।
राई यस अघि पोखरा स्थित अख्तियारको कार्यलयमा समेत रहेका थिए ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राखी अनुसन्धान गरिने भएको छ ।