• इटहरा मोरङ रतुवामाइ नगरपालिका वार्ड नं. १० लक्ष्मीचौक निवासी मृगौला रोगी राजेन्द्र मंग्रातीेको उपचार सहयोगार्थको लागि इटहरा सोमबारेमा एक कार्यक्रम माझ सहयोग हस्तांतरण भएकोछ । देश विदेशमा रहनु भएका साथी भाइ, क्लव, समुह मार्फत मृगौला पीडितलाई उपचारार्थ केही सहयोग रकम सङ्कलन गर्ने क्रममा शीतल चौतारीका एक सदस्य श्री विनोद तामाङको अगुवाइमा कोरियामा राहनुहुने नेपाली सहयोगी व्यक्तिहरु

    : ठगेन्द न्यौपाने रतुवामाई ९,

    दुर्गा थापा रतुवामाइ ९,

    मित्र पौडेल रतुवामाइ ९,

    लेखनाथ खनाल रतुवामाई १०,

    एल.बि. काफ्ले उर्लाबारी ७,

    बालकृष्ण प्रधान रतुवामाइ १०,

    सुजन प्रधान रतुवामाइ १०,

    मिलन थापा रतुवामाइ १०,

    बिनोद तामाङ रातुवामाई १०,

    सुमन निरौला रतुवामाइ १०,

    सुरेन्द्र बस्नेत उर्लाबारी ४ बाट सहयोग रकम सङ्कलन गरेर पठाउनु भएको थियो । कोरियामा रहेका सहयोगी मनहरुबाट संकलित रु ४१०००/- र नेपालमा रहेका शीतल चौतारीका सदस्यहरुले विभिन्न व्यक्तित्वहरु बाट संकलित रु १२५००/- गरी जम्मा रु ५३५००/- शीतल चौतारीले मृगौला पीडितको उपचारार्थ सहयोग हस्तांतरण गरेको छ ।

    "यो हामी साथीभाइ हरु मध्यकै सहयोगी मन मुटुहरुको एउटा फेसबुक च्याटिंङ ग्रुप हो" - "शितल चौतारी" खासमा कस्तो समुह हो भन्ने हाम्रो प्रश्नमा यस समुहका सदस्य तथा राष्ट्रनिर्माण स्कुलका संस्थापक प्रिन्सिपल बिस्वास ढकालले भने । यसै गरी उक्त सहयोग हस्तांतरण कार्यक्रममा बिगत लामो समयदेखि सामाजिक तथा खेलकुद लगायतका कार्यहरु बाट आफुलाई एक अब्बल क्लबको रुपमा चिनाउन सफल बुलेट गाइज क्लब , इटहरा, सोमबारेले यस पटक पनि क्लबका पदाधिकारीहरू आफै र साथी भाइहरुबाट मृगौला पीड़ित मंग्रातिको उपचारार्थ सहयोगी मन लाई अगाडि सारेर सेवाको कार्यलाई बढ़ावा गर्नु भएकोछ ।



    कार्यक्रममा क्लबका तर्फबाट मोहनकुमार नेउपाने, चहकमान राना, राजन सुबेदी, दिनेस भट्टराई, उमेस भट्टराई, सन्तोष पूरी लगायतको उपस्थिति रहेको थियो । बुलेट गाइजले जम्मा रु २०,००५/- सहयोग रकम मृगौला पीडितका भाई इन्द्र मंगरातीलाई उक्त कार्यक्रममा हस्तांतरण गरेको हो । उक्त कार्यक्रममा राष्ट्रनिर्माण बाल क्लब र राष्ट्रनिर्माण जुनियर रेडक्रस सर्कलले विद्यालय शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुबाट संकलित रकम रु ५०८०/- पनि मृगौला पिडितका भाइ इन्द्र मंग्रातीलाई हस्तान्तरण गरेका थिए ।

    कार्यक्रममा बोल्दै बाल क्लबका अध्यक्ष विवेक ढकालले विद्यायलसँग समन्वय गरी यस विद्यालयमा अध्यनरत पिडितका छोरा मनिष मंग्रातीको यस बर्ष (२०७५) भरिको सम्पूर्ण शुल्क रु २९२४० छात्रावृद्धि स्वरुप उपलब्ध गराइएको जानकारी गराए । उक्त कार्यक्रमको सञ्चालन अनिश कार्की ले राष्ट्रनिर्माण सेकेण्डरी बोडिङ स्कुल रतुवामाइ १० मोरङ मा गर्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…