• झापा । नवलपुर जेसीजको सप्ताहा व्यापी कार्यक्रम अन्तर्गत शनिवार ७ किलो मिटरको खुल्ला दौड प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगिताको उपाधी सुधिप थारुले जितेका छन् । २३ मिनेट ११ सेकेन्डमा तोकिएको दुरी पुरा गर्दे थारुले उपाधी जित्न सफल भएका हुन् । उपाधीसँगै उनले नगद १० हजार प्राप्त गरे । २३ मिनेट।१६ सेकेन्डमा रुजन कुमार झेडिले दुरी पुरा गरि दितिय हुन सफल भएका छन । उनले नगद ५ हजार पाए । तृतिय स्थानका लागि झकमान गुरुङले २३।मिनेट ३० सेकेन्डमा दुरी पुरा गर्दै ५ हजार जिते ।

    प्रतियोगितामा महिलाहरुका लागि पनि बेग्लै पुरस्कारको व्यवस्था गरिएको थियो । महिलाको तर्फबाट दोलमायाँ महतोले प्रथम स्थान हासिल गरिन् भने दितियमा कल्पना श्रेष्ठ र मुना गुरुङ तृतिय हुन सफल भएकी छन् । महिला तर्फ प्रथमहुनेलाई ५ हजार द्धितिय हुनेहरुलाई ३ ,हजार र तृतिय हुनेलाई २ हजारको रासीको पुरस्कार रहेको थियो ।
    जेसीज वर्ष २०१८का अध्यक्ष त्रिभुवन तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुन रहनु भएको थियो । प्रतियोगितामा १५० जना प्रतियोगीले सहभागिता जनाएका थिए । जसमा ६ जना महिला र १ सय ४४ जना पुरुषहरु सहभागी रहेको खुल्ला दौड प्रतियोगीता थाना चोक देखी पन्चकन्या चोक,हेल्पोस चोक , रामनगर चोक हुदैै पुरानो कावासोतीमा रहेको जेसिस भवन सम्म पुगेको थियो । महिला तर्फ ६ जना मात्र सहभागी भएको हुदा महिलाहरुलाई विशेष प्राथमिकतामा राखेर सहभागि भएका सम्पूर्ण प्रतियोगीलाई हौसलालाई बढउने उद्धेस्यका साथ थप २ जनालाई पनि १,१ हजार प्रदान गरिने समेत अध्यक्ष तिवारीले जानकारी दिनु भएको छ ।पुरस्कार सप्ताह व्यापी कार्यक्रमको समापनको दिन प्रदान गरिनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…