• दमक – झापाको दमकमा प्रत्येक महिना संञ्चालन भईरहेको बहस श्रृङखला ‘बैसि दुडुुब’ श्रृङ्खला–६ मा आज ‘मधेश’ माथि बहस भएको छ ।
    दमकको गोर्खा डिपार्टमेन्टको हलमा भएको कार्यक्रममा विश्लेषक तथा लेखक चन्द्रकिशोर तथा राजनीतिक विश्लेषक तथा लेखक खगेन्द्र संग्रौलाले आजको मधेश र मधेशको समाजशास्त्र बिषयमा समसामयीक बहस गरेका छन् ।

    कार्यक्रममा बोल्दै विश्लेषक तथा लेखक चन्द्रकिशोरले मधेशले आफ्नो मुख्य मन्त्री मात्र बन्न खोजेको नभई देशको सेवा पनि गर्न खोजेको बताए । मधेशी जनता मधेशी दल र मधेशी नेता फरक कुराहरु हुन भन्दै उनले मधेशी दलले बैकल्पीक राजनीति गर्न नसकेकोमा रोष समेत प्रकट गरे । मधेशको पींधका कुराहरु केन्द्रमा आउन सकेका अझै पनि नसकेकोले मधेशी नेताको अभिव्यक्तिमा मात्र आफ्नो धारणा बनाउने हो भने मधेशी पिँधका जनतामाथि अन्याय धारणा राखे । उनले यो राष्ट्र निर्माणमा के मधेशको लगानी छैन् रु भन्ने प्रश्न गदै भने, ‘मधेशले देश जोड्ने संघियता चाहेको हो । हामी लोकतन्त्र खाली नेपालीको लागी खोज्दै छौं पुरा नेपालको लागी हैन ।’उनले संस्कृती परम्परा र त्यसमा टेकेर बनेको समाज हुने र त्यस्ता चिजहरुको अबमुल्यन गरेर लोकतन्त्रलाई सुरक्षित गर्न नसकिने पनि बताए ।

    तमाम परिवर्तनका बाबजुत पनि यथास्थितीबादलाई पुन स्थापित गर्ने कोशीश भईरहेको र मधेशी नेताहरुका केहि नेताहरु दिल्लीका मान्छे हुन सक्छन् तर मधेशका जनता यहि देशमा आफ्नो भविष्य खोजिरहेका छन् भन्दै उनले मधेशका मुद्दा अग्ला छन तर मधेशका नेता एकदमै होचा भएको बताए ।

    कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक तथा लेखक खगेन्द्र संग्रौलाले भने, ‘पहिला पहिला मधेश थियो तराई थिएन तर अहिले तराई मात्र छ भन्छन् मधेश नै छैन भन्छन् । जबकि मधेश सभ्यता हो तराई मात्र भुुगोल हो । यो तराई भन्ने शब्द त महेन्द्रले सिकाएका हुन ।’

    उनले राजा महेन्द्रले ल्याएको पुनर्वाशको योजना पछि मधेशको सम्पति सभ्यता अधिकार र भाग्य सबै कब्जा गरिएको र केहि सनातनि शासकहरुले फास्टट्र्याकमा संबिधान बनाएकाले यहाँ समस्या झन बढेको बताए । उनले जसको हात त्यहाँ थिएन उनिहरुको भाग्यनै त्यहाँ बाट खोसिएको भन्दै भने, ‘यो संविधानमा प्रत्येक दफा दफामा काईते र किर्ते कुरा मात्र छन् । यो जालझेलले भरिएको संबिधान हो ।’ उनले मधेशी जनतालाई गरिएको दमन एकदमै बर्बर भएको भन्दै मधेशले देशलाई जोड्ननै खोजेको तर खस पाहाडीहरुले त्यसको बिपरित बुुझेकोमा रोष प्रकट गरे । यो संबिधान मधेशी थारु सिमान्ता मुस्लिम लगायतको रगतले लतपत्तिएको भन्दै रक्तरजिंत सबिधान लागुुगर्न निक्कै कठिन भएको उनले बताए ।

    उनले पुुष्पकमल दाहाल अहिले आफैले उठाएको गौरबमय मुद्दालाई कुल्चीएर पतित भएको आरोप समेत लगाए र उपेन्द्र यादव र महन्त ठाकुर पनि त्यै पदचिन्हको पछाडि नै भएको समेत बताए । उनले सिंहदरबारको नजरमा मधेशको समस्या सकियो भन्ने लागेको तर प्रकारान्तरले साहानुुभुतिको रुपान्तरण सिके राउतमा भईरहेको मा चिन्ता पनि व्यक्त गरे । उनले भने, ‘सिंहदरबारका दाईहरु ढुक्क छन किनभने राजेन्द्र र महन्तहरु राजनीतिक समस्या हुन तर सिके राउत त प्रशाशनीक भन्ने लागीरहेको छ ।’ उनले थप्दै भने, ‘यस्तै लागेको थियो हिजो माओवादीहरुको संम्बन्धमा पनि । सिंहदरबारको दम्भले सिके राउतको जन्म भईरहेको छ ।’
    युुथ नेटवर्कको आयोजनामा प्रत्येक महिना आयोजना हुने उक्त कार्यक्रममा यस अघि राजन मुकारुङ, उपेन्द्र सुुब्बा , आहुती, विश्वप्रकाश शर्मा, शुशीला कार्कि तथा राजनितीकअथर्शास्त्रि हरी रोक्का लगायत विशिष्ट व्यक्तित्वहरुको वैचारिक कार्यक्रम र बहस सम्पन्न गरिसकेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…