• असोज २१, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारदेखि आगामि २९ गतेसम्म दसैंंका लागि नयाँ नोट साट्ने भएको छ। राष्ट्र बैंक तथा उसले तोकेका अन्य बैंकहरुले यस वर्ष पनि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट साट्ने भएका हुन् । ५, १०, २०, ५० र १०० दरका नयाँ नोट साट्ने व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

    राष्ट्र बैंक बाहेक वाणिज्य बैंकहरुलाई पनि नयाँ नोट साट्ने जिम्मेवारी दिएको छ । विगत वर्षहरुमा जस्तै वाणिज्य बैंकहरुले पनि नयाँ साट्ने छन् । बाणिज्य बैंकहरुलाई नोट उपलब्ध गराइसकेको राष्ट्र बैंकले जनाएको छ ।

    यस्तै बचत था ऋण्को कारोबार गर्ने सहकारी संस्थाहरुले पनि नयाँ नोट साट्ने जिम्मेवारी दिएको छ । राष्ट्र बैंकका अनुसार नेपाल बैंकको काठकाडौं बैङ्किङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर तथा भक्तपुर शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिनेछ ।

    त्यसैगरी, कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट साट्ने व्यवस्था मिलाइने छ । त्यस्तै,राष्ट्रिय वाणिज्य बैङ्कको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, विशालनगर,सानोठिमी तथा नक्साल लगायतका शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिनेछ ।

    उपत्यकाबाहिर राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्न पाइनेछ । यी बाहेक अन्य बैंकहरुले पनि नोट साट्ने व्यवस्था गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…