• काठमाडौँ । नेपालका कम्युनिष्टहरु एक ठाउँमा मिलेर बस्नै सक्दैनन् भन्ने भनाई यतिबेला फेरि चर्चाको विषय बनेको छ ।

    नेपालको इतिहासमा २००६ सालदेखि २०७५ सालसम्म आइपुग्दा कम्युनिष्टहरु धेरै पटक फुटेको र जुटेको राजीतिक भुक्तभोगीहरुले बताएका छन् ।

    गत २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएको थियो ।

    सत्तास्वार्थका लागि गरिएको एकीकरणबाट नेकपा बनेको पाँच महिना नपुग्दै अध्यक्ष खड्गप्रसाद ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ‘वार कि पार’को लडाइँ शुरु भएको छ ।

    लामो मौनतापछि मुख खोलेका नेपालको अभिव्यक्तिलाई अर्थपूर्ण हिसाबले हेरिएको छ । ओली र नेपालको घम्साघम्सीप्रति अर्का अध्यक्ष पुष्पकमल दाहाल श्रीमतीको सिंगापुरमा भइरहेको उपचार छाडेर नेता नेपाल चीन उड्नुअघि नेपाललाई भेट्न आइपुगेका छन् ।

    नेकपामा प्रधानमन्त्री ओलीको सफलताभन्दा असफलताको कामना गर्नेहरुको संख्या बढ्दै गइरहेको समाचार सूत्रले बताएको छ ।

    प्रधानमन्त्री ओलीलाई महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बाहेक सरकारका अन्य मन्त्रीहरुले सकेसम्म असफल बनून् भन्ने कामना गरेको जानकारहरुले बताएका छन् ।

    यसबाहेक गृहमन्त्री रामबहादुर थापा, श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्ट, संघीय व्यवस्था तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, अर्थमन्त्री युवराज खतिवडा र पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायतका मन्त्रीहरु ‘पर्ख र हेर’ को अवस्थामा रहे पनि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसमेत असन्तुष्ट रहेको अवस्थामा नेता नेपालले प्रतिनिधिसभाको बैठकबाट देश डुब्नै लाग्यो भन्दै सरकारको कार्यशैलीप्रति सन्तोष लिन सक्ने अवस्था नभएको बताएका थिए । नेता नेपालले इन्द्रेणी फुडल्याण्डमा ओलीको विकल्पमा आपूmलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्षको रुपमा स्थायी समिति सदस्यहरुलाई बोलाएर चियापानको आयोजना गरेपछि नेकपाभित्र ओली र नेपालको असन्तुष्टि झाङ्गिन पुगेको छ ।

    त्यसमाथि योगेश भट्टराई र विष्णु रिमालको वाक्युद्धले थप मलजल गरेको जानकारहरुले बताएका छन् । प्रदेश इन्चार्ज तोक्ने क्रममा असन्तुष्टि जनाएका नेपालले ओलीलाई पाखा लगाउन अर्का अध्यक्ष पुष्पकमल दाहाललाई साथ लिनैपर्ने देखिन्छ ।

    नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति द्वितीय अध्यक्ष दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र मुख्यमन्त्रीहरुसमेत असन्तुष्ट बनेको अवस्थामा नेकपाभित्र सल्किएको भुसको आगो ओलीले निभाउन सक्छन् कि सक्दैनन्, त्यो हेर्न बाँकी नै रहेको छ ।  नयाँ विमर्शका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…