• झापा । सुर्खेत महिला जेसीजको आयोजनामा Effective public speech & life circle सम्बन्धि तालिम सम्पन्न भएको छ ।
    तालिमको उद्घाटन नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सिनेटर विजय गुरुङले गर्नु भएको थियो । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनु भएका उपाध्यक्ष गुरुङले सुर्खेत जेसीजले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नु भएको थियो ।
    तालिममा ५० जना जेसीजकर्मीहरुको सहभागीता रहेको थियो । तालिममा सहभागिलाई नेपाल जेसीजका तालिम प्रशिक्षक रमेश अर्यालले सहजीकरण गर्नु भएको थियो ।
    सुर्खेत महिला जेसीज वर्ष २०१८ की अध्यक्ष कृति गुभाजु शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुर्खेत महिला जेसीजकी पर्व अध्यक्ष ज्योती कार्की, पूर्व अध्यक्ष निर्मला पाठक सुवेदी, प्रतिमा मल्लाह, बर्तमान अध्यक्षको ममतामयी आमा कमला जैशीलगायतको सहभागिता रहेको थियो ।
    तालिम संयोजक प्रेमी शाक्य तथा उपाध्यक्ष पबित्रा रानाले स्वागत गरेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष रश्मि शाक्य गर्नु भएको थियो ।
    जेसीआइ मिसन र भिजन सुबेक्षा श्रेष्ठले गर्नु भयेको थियो ।
    शाखा अध्यक्ष शाक्यले सहभागिलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…