• झापा । अछाम जेसीजको आयोजनामा प्रभावकारी बोल्ने कला र जीवनचक्र बिषयक एक दिने तालिम आज मंगलसेनमा सम्पन्न भएको छ ।
    अछाम जेसीज बर्ष २०१८ का अध्यक्ष जेसि खेमराज ढुंगानाको अध्यक्षतमा भएको तालिम उद्घाटन कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्याक्ष विजय गुरुङ् प्रमुख अतिथी रहनुभएको थियो ।
    कार्यक्रममा बोल्दै गुरुङ्ले सकारात्मक सोचका साथ अघि बढ्न र सिकेका कुरा व्यवहारमा उतार्न सहभागीलाई आग्रह गर्नुभयो ।कार्यक्रममा बोल्दै तालिमका मुख्य प्रशिक्षक समेत रहनुभएका नेपाल जेसीजका राष्ट्रिय प्रशिक्षक रमेश अर्यालले आफ्नो जीवनलाई कसरी सकारात्मक दिशा तर्फ मोड्ने भन्ने कुरामा आफैले निर्णय गर्नु पर्ने बातउनुभयो ।
    आफ्नो जीवन चलाउने अधिकार आफुलाई मात्र हुने हुँदा हरेक निर्णण स्वविवेकमा गर्नु पर्ने र कुनै पनि काम गर्दा सकारात्मक सोँच राख्नु पर्ने उहाँको भनाई थियो ।
    अछाम जेसीज बर्ष २०१८ का उपाध्यक्ष पूर्णबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अछाम जेसिज बर्ष २०१८ का महासचिव बिष्णुप्रसाद भण्डारी र सदस्यता बृद्धि संयोजक सञ्विज सुवर्णकारले गर्नुभएको थियो ।
    कार्यक्रममा अछाम जेसिसका बर्ष २०१८ का कोषाध्यक्ष मीनबहादुर बोगटीले आस्था पाठ गराउनुभएको थियो भने जेसी प्रेम बुढाले जेसीजको दृष्टिकोणसहित लक्ष्य र उद्देश्यका बारेमा जानकारी गराउनुभएको थियो ।
    तालिममा झण्डै ४० जना बढीको सहभागीता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…