• काठमाडौँ । नेपाली जनताको राष्ट्रिय चाड दशैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा सरकारले यातायातमा १० प्रतिशत भाडा बढाउने निर्णय गरेर महँगीको बोझ थपेको छ ।

    चिनीमा प्रतिकिलो १५ बढाएर जनताको ढाड सेकाइएको छ । नेकपाको दुई तिहाई बहुमतको सरकारबाट शान्तिसुरक्षा, उन्नति, प्रगति र समृद्धिको आशा गरेका नेपाली जनता निराशा बन्दै गइरहेका छन् ।

    महिला हिंसा र बलात्कारको संख्या दिनदिनै बढेको छ । बलात्कारीलाई कारबाही गर्नुको सट्टा ‘बलात्कार यो सरकारले गरेको हो र ?’ भन्ने गैरजिम्मेवारी अभिव्यक्ति प्रधानमन्त्रीले दिएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री खड्गप्रसाद ओलीको नेतृत्वमा बनेको सरकारबाट राम्रा कुराभन्दा नराम्रा कुराहरु अब के–के हुने हो भन्ने चर्चा चल्न थालेको छ ।

    भ्रष्टाचारको अन्त्य, सुशासन, समृद्धि र विकासको नारा फलाकेर नथाक्ने ओली नेतृत्वको सरकारको कार्यशैलीप्रति आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसमेत सन्तष्ट देखिँदैनन् । नेकपाका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ पनि सरकारको कामप्रति दिक्क बनेको समाचार स्रोतले जनाएको छ ।

    शान्तिसुरक्षाको प्रत्याभूति हुन नसकेपछि अभिभावकहरु आफ्ना छोराछोरी स्कुल, कलेज पठाउन डराउन थालेका छन् । मन्त्रीहरुले सुशासनमा भन्दा यही हो मौका भन्दै तस्कर र माफियाको कोसेली बोतलको डेढ लाख मूल्य पर्ने गोल्डलेबलमा रमाउन थालेको नेकपाका कार्यकर्ताहरुले नै बताएका छन् ।

    महँगी, अभाव र कालोबजारी बिजुलीझैँ चम्केको छ । व्यापार घाटा, चुलिँदो छ । वैदेशिक ऋणले नेपालीहरु उठ्नै नसक्ने अवस्था बनेको छ ।

    यातायातमा सिन्डिकेट, निर्माण व्यवसायमा सिन्डिकेट, मेडिकल कलेज र अस्पतालमा सिन्डिकेट, तरकारीमा सिन्डिकेटजस्ता बेथितिले जनता थिचिँदासमेत ओली नेतृत्वको सरकारको ध्यान नजानुलाई आश्चर्य मानिएको छ ।

    त्यसमाथि ‘सत्य सेवा सुरक्षणम्’ भन्ने मूल मन्त्र बोकेको प्रहरी संगठनलाई हस्तक्षेप गरी नून खाएको कुखुरा जस्तो बनाइएपछि मुलुकको भविष्यमाथि नै प्रश्नचिह्न उठ्न थालेको चर्चा राजनीतिक वृत्त, चियापसल, चौतारी, बाटोघाटोमा चलेको छ ।  नयाँ विमर्शका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…