• नेपाल आइडल सिजन दुइमा प्रतिस्पर्धा गरिरहेको झापा कनकाई नगरपालिका ३ का सुमित पाठकका पिता तथा नेपालका वरिष्ठ संगित साधक धुब्र पाठकले अव सुमित आफ्नो मात्रै छोरा नभएर सारा झापावाशी र संगितप्रेमीहरुको छोरो भएको बताउनुभएको छ ।

    झापाको सुरुङ्गामा भएको सुमित पाठक जिताउ अभियानको कार्यक्रममा बोल्दै यस क्षेत्रका स्थापित संगितकार तथा गायक समेत रहनुभएका पुर्व शिक्षक पाठकले आफुले जिवनमा कहिल्यैपनि नाम र पैसाका पछि नकुदेको र आफ्ना छोरालाई समेत यस बाटोमा नहिड्न भनेको भन्दै उहाँले आफुलाई यहि समाजका मानिसले जिवन बचाएर ठुलो गुन लगाएको समेत बताउनुभयो ।

    मलाई जिवन बचाइदिएर यस समाजले ठुलो गुन लगाएको छ । अब कम्तीमा मेरो छोरा सुमितलाई नेपाल आइडल बनाइदिएर एकपटक गुन लगाइदिए हामीले यस देश र समाजका लागि जिवनभर समाज र देशकै भलोमा लाग्ने थियौ , पाठकले भन्नुभयो । नेपाल आइडल देशकै ठुलो कार्यक्रम भएकोले यसमा आफ्नो मात्रै क्षमताले केहि नहुने भन्दै सहयोगका लागि सबैसग आग्रह गर्नुभएको हो ।
    यता कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले यस माटोमा गायक धुब्र पाठकले ठुलो साङ्गतिक गुन लगाएको भन्दै सुमित पाठक अव देशकै सम्पत्ति भएकोले विना सङ्कोच सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । अव सुमित हामी सबै कनकाई नगरवाशी र झापावाशीकै शान भएका छन हामीले अव उनका लागि गर्ने वेला आएको छ पछि उनले हाम्रा लागि गर्ने छन नगरप्रमुख राजेन्द्र पोखरेलले भन्नुभयो ।
    यसैगरि कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलले सुमित पाठक अव सबैको आइडल भएकाले साना मसिना कुरा छाडेर भएपनि आफु आइडल बनाउनका लागि लागिपर्ने प्रतिवद्धता जनाउनुभयो । विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले झापा र देशभरका सबै उद्योगी व्यावसायीहरु सुमित पाठकको पक्षमा रहेको बताउनुभयो ।

    हाम्रालाई भन्दा पनि राम्रालाई हामीले सहयोग गर्ने हो सुमितको गायकिको पक्षमा सबैले थाहा पाइसकेका हुनाले सुमितलाई आइडल बनाउन कसैले रोक्दैन भट्टराईले भन्नुभयो । कार्यक्रममा चर्चिच गित मुटु माग्यौ तिमिलेका रचनाकार तथा राष्ट्रिय खेलाडी गजेन्द्र ताम्लीले सुमितको क्षमतामा कुनै शंका नरहेकोले अव भोटकै कारण नेपाल आइडल हुन नदिन आफ्ना पक्षबाट कुनै कसर बाकी नराख्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

    कार्यक्रममा प्यारागन एकाडेमीकी अध्यक्ष तथा शिक्षासेवि चम्फा खनाल सुवेदी , युवा नेता शिव कडेँल लगायातले सुमित पाठकको गायकि क्षमताका वारेमा बोलेका थिए भने गायक सुमित पाठकको वारेमा सुमित पाठक जिताउ अभियानका अभियान्ताहरु सुनिल भेट्वाल र संचारकर्मी गौरव पोखरेलद्धारा बनाइएको लघु भिडियो समेतको प्रस्तुत गरिएको थियो ।

    हाल टप टेनमा परेका सुमित पाठकले हालसम्मपनि प्रतिस्पर्धीहरुमध्ये सबैभन्दा बढी भोट ल्याइरहेका छन भने सुमितको गृह जिल्ला झापामा कुमारमणि पोखरेलको संयोजनमा सुमित पाठक जिताउ अभियान र पत्रकार लीलाराज झापालीको संयोजन तथा डिल्लीराम घोर्साइको सहसंयोजनमा पत्रकारहरुको समेत प्रचारप्रसार समिति बनाइएको छ । नेपालमा राजेश घतानी , विल्सन विक्रम राई हरु लगायातको सुमित पाठक जिताउ अभियान गठन भएको छ भने नेपालीहरुको वसोवास रहेको जापान , कोरिया , साउदी , कतार , लगायातका देशहरुमा समेत ५० भन्दा वढी सुमित पाठक जिताउनका लागि समितिहरु निर्माण भएका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…