झापा । धनगढी महिला जेसीजको आयोजनामा लागुपदार्थ दुव्र्यसनी विरुद्ध जनचेतना मूलका कार्यक्रम सम्पन्न भएको छ। जेसिज सप्ताह अन्तरगत ५ औँ दिन आईतवार लागु पदार्थ दुव्र्यसनी सम्बन्धी जनचेतनामूलका कार्यक्रम आयोजना गरिएको आयोजक धनगढी लेडी जेसीजकी अध्यक्ष दिप्ती शाहीले बताउनु भयो।
धनगढी उप–महानगरपालिका वडा नम्वर ७ जालीमा रहेको बासुदेवी माविमा कक्षा ९ र १० का बिद्यार्थीहरुलाई लागु पदार्थ दुव्र्यसनीका नकारात्मक असर बारे निरज चटौतले प्रशिक्षण दिएको अध्यक्ष शाहीले बताउनु भयो । मंगलवार महिला हिंसा विरुद्धको जनचेतना मुलक कार्यक्रम गर्ने तयारी रहेको आयोजक शाखाले जनाएको छ ।