• काठमाडौं । सरकारले ल्याउन लागेको संघिय शिक्षा एेनमा राहत शिक्षको मुद्दा नसमेटेको भन्दै नेपाल राहत शिक्षक समितिले काठमाण्डौमा बिशाल प्रदर्शन गरेको छ । देशभरिका करिब १५ हजार राहत शिक्षको सहभागिता रहेको प्रदर्शन माईतिघर मण्डला देखि नयाँ बानेश्वर पुगेर कोण सभामा परिणत भएको थियो । प्रदर्शन पछि भएको कोण सभामा राहत शिक्षक समितिका केन्द्रिय अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षक अन्य शिक्षक भन्दा उत्कृष्ट रहेको भन्दै राहत शिक्षकलाई बिशेष ब्यबस्था गरेर स्थाई गर्नुपर्ने बताए ।

    उनले शिक्षकका पेशागत संघ संगठन र शिक्षक महासंघ समेत स्थाई शिक्षकको मात्र सेबा सुबिधाको कुरा गर्ने र अन्य शिक्षको बारेमा बोल्न छोडेको आरोप लगाए ।अध्यक्ष अधिकारीले शिक्षक राहत शिक्षक समितिका पूर्व केन्द्रिय अध्यक्ष गोकुल रोकायले राज्यले राहत शिक्षकका समस्यालाई गम्भिर रुपमा नलिएको गुनासो गरे ।उनले शिक्षकका पेशागत संघ संगठनले समेत राहत शिक्षकलाई बेवास्ता गरेको गुनपासो गरे । कोण सभालाई राहत शिक्षक समितिका केन्द्रिय सह अध्यक्ष द्वय बिरेन्द्र मल्ल र नबिन सिह धामी लगाएतले संबोधन गरेका थिए । आन्दोलनमा सहभागि हुन देका विभिन्न क्षेत्रबाट राहत शिक्षक काठमाडौँ पुगेका थिए । उनीहरुले राहत शिक्षकको माग पुरा नभए थप सशक्त आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् । देशभर अहिले करिब ४० हजार राहत शिक्षक कार्यरत छन ।













सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…