• झापा । टिकापुर जेसीजको आयोजनामा एक दिने उत्प्रेरणा तथा उदमशिलता सम्बन्धि तालिम सम्पन्न भएको छ ।
    टिकापुर जेसीज वर्ष २०१८ का अध्यक्ष लालकेश जैशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका वर्ष २०१३ का राष्ट्रिय अध्यक्ष भोलेश्वर दुलालले तालिमको सहजीकरण गर्दै मानिसले बाँच्ने क्रममा विभिन्न किसिमका कामहरु गर्नु पर्छ । ति कामहरुमा सफलता हासिल गर्न कुनै पनि काम गर्ने कुरामा कहिलै हिम्मत हार्न नहुने बताउनु भयो ।
    तालिमका मुख्य प्रशिक्षक समेत रहने भएका पूर्व अध्यक्ष दुलालले मानिसले जुनसुकै व्यवसाय गरेता पनि उपभोक्तहरुलाई गर्ने व्यवहार एउटै हुनु पर्ने बताउँदै व्यवासायी तथा उद्यमशीलतामा प्रभावकारी बोली आकर्षक व्यक्तित्व, आर्थिक पारर्दशिता, सहनशिलता हुन सके उद्योग र व्यवसाय सफल हुने बताउनु भयो । उहाँले कुनै पनि उद्यमशीलताले आफ्नो परिवार र व्यवसायलाई असल जिम्मेवार हुन सके त्यो परिवार, घर असल हुन सक्ने बताउनु भयो ।
    टिकापुर जेसीजका तालिम संयोजक टेकराज विनाडीले स्वागत गर्नु भएको तालिममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष एवम् टिकापुर जेसीजका निवर्तमान अध्यक्ष टेकराज रेम्मी, कानुनी सल्लाहकार गणेशबहादुर साउद, टिकापुर क्षेत्रका व्यपारी, शिक्षक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।





सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…