• झापा । अर्जुनधारा जेसीजको जेसीज सप्ताह अन्तरगत सोमवार व्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । पहिलो दिनको खेलमा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । २४ जना युवाहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल मंगलवार हुने कार्यक्रम संयोजक वसन्त बुढाथोकीले बताउनु भयो ।
    प्रतियोगिताको उद्घाटन अर्जुनधारा नगरपालिकाका मेयर हरि रानाले गर्नु भएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका रानाले अर्जुनधारा नगरपालिका क्षेत्रको व्याटमिन्टन खेललाई प्रोत्साहन र बढवा दिनका लागि नगरले लगानी गर्ने बताउनु भयो । साथै उहाँले पहिलो चरणमा खेलको पिच बनाउनका लागि सुरु गरिने समेत बताउनु भयो । खेलकुद तथा सामाजिक क्षेत्रमा अर्जुनधारा जेसीजले गरेको कार्यको उहाँले प्रशंसा समेत गर्नु भयो ।
    अर्जुनधारा जेसीजका शाखा अध्यक्ष अजयकुमार देवको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व जेसीज समाजका जिल्ला अध्यक्ष विनोद बस्नेत, समाजसेवी मदनगोपाल कन्दङ्वा। रमेश प्रसाईलगायतले शुभकामना व्यक्त गुर्न भएको थियो । कार्यक्रमको संयोजक वसन्त बुढाथाकी रहनु भएको छ यसैगरी सप्ताह अन्तरगत आइतवार सन्तलाल, बृजमोहन स्मृति सडक दौड भएको छ । दौडको उपाधी पुरुषतर्फ चारआलीका धावक रमेश मण्डलले जिेतको छन् । उनले खुजुनाबारीदेखि शनिश्चरेसम्मको दुरी १९ मिनेट २ सकेण्डमा पार गर्दै उपाधी चुमेका हुन् । उनले जितसँगै १५ हजार प्राप्त गरे । प्रतियोगितामा खुजुनावारीका प्रकाश दनुवारले २० मिनेट १२ सेकेण्डमा दुरी पार गर्दै नगद १० हजार हात पारे भने चारआलीका चेतबहादुर थापाले तेस्रो हुँदै नगद ५ हजार प्राप्त गरे ।
    महिलातर्फ ममता राउत प्रथम, निकि लिम्बू दोस्रो र रीता गजमेर तेस्रो भए । उनीहरुले क्रमश ५ हजार, ३ हजार र २ हजार प्राप्त गरे ।
    प्रतियोगितामा २६ पुरुष र ५ महिलाको सहभागिता रहेको कार्यक्रम संयोजक वसन्त बुढाथोकीे बताउनु भयो । सप्ताह अन्तरगत मंगलवार बिहान अर्जुनधारा धाम सरसफाई र दिउँसो रक्तदान कार्यक्रम रहेको अध्यक्ष देवले बताउनु भयो ।














सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…