• काठमाडौं, २२ असोज । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चाँडै प्रधानमन्त्री हुने सपना देखेर पार्टीभित्रको अन्तरद्वन्द्वको मौका छोपी धमिलो पानीमा माछा मार्ने खेलमा लाग्नु भएको छ । यसैका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पटक पटक गोप्य भेटवार्ता गर्दै हुनुहुन्छ ।

    यस्तो भेटवार्ता संयोगका लागि संयोग मात्रै होइन, सिङ्गापुरबाट फर्किएर आएपपछिको कुरा अर्कै छ । यसअघि सिङ्गापुरमा कस्तो खिचडी पाक्दोरहेछ, देउवालाई राम्ररी थाहा छ ।

    त्यही खिचडी चाटेर प्रचण्ड फर्किनुभएको छ । सिङ्गापुरमा को को सँग भेट भयो ? तिनीहरूले अह्राएको काम प्रचण्ड गर्दै हुनुहुन्छ । प्रचण्ड कस्तो व्यक्ति हुनुहुन्छ भन्ने कुरा यहाँ व्याख्या गरिरहनु परेन ।

    सबैलाई थाहा छ । प्रचण्ड फकाउने, तर्साउने, छक्याउने र काम पट्ट्याउन माहिर हुनुहुन्छ । मौकामा निहुरिन र एक्लै पर्दा विश्वासिलो हुन माफी मागेर सम्बन्ध सुधार गर्न पनि उहाँले जान्नुभएको छ ।

    माधव नेपाल र केपी ओलीबीच उत्पन्न मतभेदको फाइदा उठाउन गोटी चाल्दै हुनुहुन्छ । कांग्रेस सभापति देउवासँगको गोप्य वार्तालाई भन्दा पहिलो प्राथमिकता आफ्नै पार्टीभित्र रहेको छ ।

    केपी ओलीसँग भएको सम्झौता अनुसार बाँकी अवधिका लागि आफूलाई प्रधानमन्त्री बनाउने हो भने माधव कुमार तथा झलनाथको सहयोगमा कांग्रेस समेतको समर्थन लिएर ओलीलाई हटाएर माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने खेल हुँदैछ ।

    झलनाथ खनाललाई राष्ट्रपति र वामदेव गौतमलाई पार्टी अध्यक्ष बनाउने कुरो गोप्यरुपमा सहमति बनिसकेको छ । कांग्रेसले माधव कुमारका लागि साथ दिएन भने पार्टी फुटाएर भएपनि कांग्रेसको समर्थनमा आफै प्रधानमन्त्री बन्ने दाउ प्रचण्डको छ ।

    तराई केन्द्रित दलहरूसँग पछि भारतमार्फत प्रचण्डले कुरा अघि बढाई रहनु भएको छ । भारत प्रचण्डलाई भन्दा पनि माधव कुमारलाई ल्याउन खोजीरहेको छ । यसैले प्रचण्ड अप्ठेरोमा पर्नुभएको छ ।

    यी कुनै विकल्प पनि सतहमा आएनन् भने तराई केन्द्रित दलहरूलाई शेरबहादुरले मिलाउन सके देउवाकै नेतृत्वमा दुई वर्षका लागि सरकारमा जाने बैकल्पिक बाटो पनि अख्तियार भएको छ । कांग्रेस तत्काल सरकारमा जान हत्तारिएको छैन । यसैले माधवकुमार नेपाल नै ओलीको ठाउँमा प्रधानमन्त्री हुने लख काटिन थालेको छ ।

    देउवालाई च्वास्स !
    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो युरोप भ्रमणका क्रममा पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध कटु आलोचना गरेको टेप रेकर्ड देउवा समक्ष पुगेपछि उहाँ रिशले चूर हुनुभएको छ ।

    पार्टी सभापति देउवाले रिशको आवेश तत्काल थाम्न नसकेर रामचन्द्र पौडेल पनि जगन्नाथ आचार्य, ढुण्डीराज शास्त्री, तारानाथ रानाभाट, ओमकुमार श्रेष्ठ, मार्शलजुलुम शाक्यलाई जस्तै दूधमा परेको झिंगा मिल्काए झैँ अब मिल्किने पालो रामचन्द्रको हो भनेर चेतावनी दिनुभएको छ ।

    वरिष्ठ नेता पौडेल युरोपमा छँदा विभिन्न ठाउँका भाषणमा देउवालाई लोकतन्त्रको खलनायकको संज्ञा दिंदै
    २०४७ सालको संविधान राजालाई पहिले बुझाउनुभयो, पछि प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसको नेतृत्व कम्युनिष्टलाई हस्तान्तरण गर्नुभयो भनेर कांग्रेसको इतिहास खोतल्नु भएपपछि देउवाको कन्चारो तातेको छ ।

    रामचन्द्र पौडेललाई स्पष्टीकरण सोधेर पार्टीबाट निकालन देउवाले कोइराला क्याम्पमा पुगेर गुहार माग्नु भएको छ । पौडेललाई पार्टीबाट निकाल्न सहयोग गरेमा कोइराला परिवारको नासो सभापति पद आउने चुनावमा कोइराला परिवारलाई जिम्मा लगाउने प्रतिवद्धता समेत देउवाले जाहेर गर्नुभएको छ ।

    शशाङ्क, शेखर वा सुजाता जो सभापतिमा उठेपनि म अब सभापतिमा लड्दिन, सहयोग गर्छु भनेर पुनः दोहो¥याउनु भएको छ । पौडेलले युरोपमा आफ्नो भाषणका क्रममा एक साहित्यिक पारामा के भन्नुभएको थियो भने “गाउँको एक विद्यालय छाउन गाउँलेले सैयौं भारी खर स्कूलको चौरमा राखेका थिए ।

    त्यसैबीच एउटा दुष्टले सलाई कोरेर खरमा आगो लगाइदियो । खर जलेर खरानी भयो । खर जलेपछि स्कूलको छाना लागेन । वर्षाको पानीले भत्कियो । खरमा आगो लगाउने समातिएन । उल्टै विभिन्न मोडमा पुरस्कृत हुँदै माथि माथि पुग्यो ।” त्यो कसप्रति इङ्गित थियो, पौडेल नै जान्नुहुन्छ । तर देउवाको मन च्वास्स पोलेको छ । भएको यत्ति हो । दिव्यचक्षुका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…