• असोज २२, झापा । नि:शुल्क प्राथमिक उपचार तालिम भाग-२ गत असोज १३ गते शुरु भएर आज झापामा भव्यताका साथमा सम्पन्न भएको छ । झापाको केन्द्रबिन्दु, बन्दमुक्त र शैक्षिक हब सुरुङ्गाको कनकाई बहुमुखी क्याम्पसको सभाहलमा आयोजित तालिममा करिब २ सय जनाले प्रशिक्षण लिएका छन् । युएईको डिस्कभरी रोयल स्पोर्ट्स एलएलसीको मुख्य प्रायोजनमा आफुले सिकेको ज्ञान, सीप र जिवन उपयोगी कला सिकाउने दोश्रो चरणको कार्यक्रम अत्यन्तै उत्साहपुर्वक सहभागिताका साथमा पूरा भएको युएईका नेपाली व्यावसायी तथा मुख्य प्रशिक्षक ओम उप्रेती जानकारी दिएका छन् । झापाली समाज युएई नेपाल सम्पर्क समितिका अध्यक्ष जगत लुइँटेलको सभापतित्वमा संचालित तालिमको प्रमुख अतिथि कनकाई नगरपालिकाका उपमेयर मन्जु प्रसाईं रहेकी थिइन् । झापाको कार्यक्रममा नेपाली सिने जगतका नायक रमेश उप्रेती, हास्यकलाकार निर्मल शर्मा (गैंडा) अतिथिका रूपमा उपस्थित भएर कार्यक्रमको शोभा बढाएका थिए । कार्यक्रममा स्थानीय कलाकार कामना प्रसाईं, एलिसा तामाङ, बालगायक जेनिस उप्रेती लगायतले आफ्नो प्रस्तुतिले मनोरञ्जन प्रदान गरेको नेपाल सम्पर्क समितिका सचिव डिल्ली हुमागाईले बताएका छन् । झापाली समाज युएईका आजिवन सदस्य सुनिल चौहान संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य झापालि समाज युएईका पुर्व सल्लाहकार सदस्य भरत शिवाकोटीले प्रकट गरेका थिए । उक्त कार्यक्रममा सरकारी कर्मचारी, शिक्षक, प्रहरी, ब्यापारी, विद्यार्थी तथा जेष्ठ नागरिकहरुको उल्लेख्य उपस्थिति थियो ।

     

    गत चैत १ देखि शुरु भएको यो अभियानको दोश्रो चरण गत असोज १३ गते स्याङ्जा जिल्लाबाट शुरु भएको अभियन्ता तथा डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी युएई तथा डिस्कभरी रोयल स्पोर्ट्स प्राली नेपालका प्रबन्ध निर्देशक ओम उप्रेतीले जानकारी दिएका छन् । उप्रेतीका अनुसार गत १३ असोजमा स्याङ्जाबाट शुरु भएको अभियानको उदधाटन कार्यक्रम वालिङ नगरपालिका हलमा भब्यताका साथमा सम्पन्न भएको थियो । सोही प्रकृतिको तालिम पाल्पाको रामपुरमा असोज १४ गते रामपुर नगरपालिका-५ बेझाङको होटेल न्यु श्रीनगरमा उस्तै उत्साहपुर्वक सम्पन्न भएको पाल्पाली पत्रकार सीता डाेटेलले जानकारी दिएकी छन् । तालिमको तेस्रो दिन गुल्मीमा असोज १५ गते मदाने-६ को पृथ्वी मावीमा सप्पन्न भएको थियो । त्यसैगरी रुपन्देहीमा असोज १६ गते सियारी-२ को मैनिया उच्च मावीमा नि: शुल्क प्राथमिक तालिम आयोजना भइसकेको छ । त्यसैगरी गत असोज १९ मा सर्लाही नगरपालिकाको सगुन बचत तथा रिन सहकारी हलमा उक्त तालिम आयोजना भएको थियो । त्यसपछि असोज २० मा इटहरी उपमहानगरपालिकाको १७ नम्बर वडा कार्यालयको सभाहल पकली मा तालिम संचालन सप्पन्न भएको छ भने गत असोज २१ गते मोरङको बेलवारी-१ मा रहेको मदन मोहन आशृत पुस्परत्न साँस्कृतिक भवनमा तालिम संचालन भएको थियो ।

    किन आयोजना भयो यो तालिम ?
    पहाडी र गाउँनै गाउँले भरिएको हाम्रो देश नेपालमा स्वास्थ्यसेवा महँगो र सर्वसाधारण नेपालीहरुको पहुँचबाट अझै पनि बाहिरै छ । आधारभूत स्वास्थ्य ज्ञान अनि चेतनाको कमी र आकस्मिक प्राथमिक उपचारको अज्ञानताका कारण हजारौं नेपालीहरुको बर्सेनि ज्यान गएको समाचारहरु हामी सुनिरहेका छौं । स्वास्थ्यचौकी, अस्पताल र चिकित्सकहरु सबै गाउँगाउँमा पुग्न नसकेको वर्तमान नेपाली ग्रामीण यथार्थलाई मध्यजनर गर्दै युएईमा कार्यरत चितवन खैरेनीका ओम उप्रेतीले नेपालीले आफूले सिकेको प्राथमिक स्वास्थ्य उपचार र विपत्तिमा कसरी मानिसलाई बचाउने भन्ने ज्ञान बाँड्ने सोच दिमागमा खेलाए । आफूले रोजगारीका क्रममा सिकेको ज्ञानले विभिन्न दुर्घटना, विपत्तिबाट कैयौलाई परदेशमा बचाएको आफ्नो अनुभव नेपालमा पनि लागू गर्न सके मानव जीवन सफल हुने र केहीको जीवन बचाउन सके पुण्य हुने उनले विचार गरे ।

    आफ्नो ज्ञान र सीप जति बाँड्यो यति राम्रो हुन्छ भन्ने मातापिताबाटै सिकेका थिए । तसर्थ, उनले विदेशमा सिकेको ज्ञानलाई केकसरी नेपालसम्म फैलाउन सकिन्छ भनी परिकल्पना गरे । विदेशबाट पैसामात्र होइन, सीप, ज्ञान र नयाँ चेतना पनि नेपाल भित्र्याउनपर्छ भन्ने उनको पहिलेदेखिकै योजना थियो । प्राथमिक उपचारको कारण अकालमा मर्न लागेका धेरैलाई बचाएको आफ्नो ज्ञान नेपालमा फैलाउनु पनि समाजसेवाको एक अंश मान्दै सुरु गरे प्रोजेक्ट–निःशुल्क प्राथमिक उपचार तामिल । । * डिस्कभरी रोयल स्पोर्टस एलएससी ओम उप्रेतीले युएईमा स्थापना तथा संचालन गरेको कम्पनी हो । यो कम्पनीले तालिममात्र होइन, विभिन्न होटल, क्लब तथा पपर्टीजहरुलाई तालिमप्राप्त लाइफ गार्डहरु पनि उपलब्ध गराउँछ । यसको नेपाल शाखा पनि स्थापनाको चरणमा रहेको छ । कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भइसकेको यसको शाखा काठमाडौंको नयाँ बसपार्क एरियामा रहनेछ ।

    के के सिकाइयो तालिममा ?

    यस तालिममा अचानक हर्टअट्याक भएमा सिपिआर विधिबाट कसरी बिरामीलाई नवजीवन दिने, फेन्ट भएमा के गर्ने, रक्तश्राव भएमा कसरी रोक्ने लगायतका १५ वटा विविध जटिल अवस्थामा बिरामीलाई बचाउने तरिका सिकाइएको थियो । यस तालिममा १८ वर्षदेखि ५० वर्ष उमेर समूहका १५ सय सामाविक कार्यकर्ता, विद्यार्थी, शिक्षक, प्रहरी अधिकारी तथा सर्वसाधारण गरि हालसम्म १७ जिल्लाका करिब ३ हजार नेपालीले भाग लिई सकेका छन् । यो तालिम पहिलो चरणमा चितवन, धादिङ, तनहुँ, कास्की, दोलखा, सिन्धुपाल्चोक, काभ्रेप्लान्चोक र काठमाडौंमा आयोजना भइसकेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…