• काठमाडौं, २३ असोज । माइक्रोबस, हाइस र टाटासुमो व्यवसायीले दसैँका यात्रुका लागि मंगलबारबाट अग्रिम टिकट बुकिङ खोल्ने भएका छन् ।

    यातायात व्यवस्था विभागसँग मंगलबार भएको छलफलपछि व्यवसायीले यस्तो सहमति गरेको विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले बताए ।

    ‘मंगलबारबाट अग्रिम टिकट बुकिङ खोल्न व्यवसायी सहमत भएका छन्,’ उपाध्यायले भने । व्यवसायीले अग्रिम टिकट बुकिङ नगरेको तथा यात्रुसँग बढी भाडा लिएको विभागसमक्ष स्वीकारसमेत गरेको उनले बताए ।

    ‘काठमाडौं उपत्यकाबाट यात्रु पु-याएर काठमाडौं फर्किंदा रित्तै फर्किनुपरेकाले बढी भाडा लिएको व्यवसायीले स्वीकार गरेका छन्,’ निर्देशक उपाध्यायले भने, ‘अबदेखि बढी भाडा नलिने सहमतिसमेत गरेका छन् ।’ नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…