• उर्लाबारी/ उर्लाबारी नगरपालीका मेयर खड्ग फागोले सार्वजनिक कार्यक्रममा बिगत ६ महिना देखि एउटा कुरा भन्न छुटाउने गरेको छैनन् ।

    त्यो हो मिक्लु र सोल्टी खोला अनि त्यसको प्रतिवेदन सार्वजनिक ।

    गत बैशाखको पहिलो साता नगरपालीकाले उर्लाबारीको वार्ड नं.– ४मा पर्ने सोल्टी र मिक्लु खोला बस्ती भन्दा अग्लो भई जोखीम बढेकोले न्यूनीकरणका लागि प्राविधिक तथा जिल्ला समन्वय समितिको समन्वयमा च्यानलाईज गर्ने निर्णय गरेको थियो ।

    नगर कार्यपालीकाको बैठकले नगरपालीकाको ४५ लाखको लागतमा च्यानलाईज गर्ने निर्णय गरेपनि एक– एक सो निर्णय विवादित मात्र बनेन राजनितीक पुर्वाग्रही समेत बन्यो ।

    प्रदेशका गृहमंन्त्री हिक्मत कार्की एवं प्रमुख जिल्ला अधिकारी सहितको टोेलीले च्यानलाईज गरीएको खोलाको निरीक्षण गरी तत्काल उक्त कार्य रोक्न आदेश जारी गरेका थिए ।

    नगरपालीकाका उपमेयर लक्ष्मीदेवी भण्डारी सहितको समुहले मेयर फागोको एकल निर्णय तथा आर्थिक चलखेलका कारण इटहरीका भिम पौडेललाई खोला च्यानलाईज गर्ने ठेक्का दिएको आरोप लगाउदै छानविन समिति समेत गठनका लागि दबाव दिएको थियो ।

    राजनितीक दबाव पछि ईलाका प्रशासन कार्यालय मंगबारेका तत्कालीन कार्यालय प्रमुख उपसचिब रामबहादुर कुरुङबाङको संयोजकत्वमा सोल्टी – मिक्लु खोला उत्खननको छानविन समिति गठन भएको थियो ।

    गत बैशाखको दोस्रो सातामा गठन भएको छानविन समितिले स्थलगत अध्ययन पश्चात प्रतिवेदन तत्कालीन प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य समक्ष बुझाएको पाचँ महिना बिती सक्दा पनि सार्वजनिक गरेको छैन ।

    प्रतिवेदन बुझाउने कुरुङवाङ हाल बर्दीया तथा बुझने आचार्य जिल्ला प्रशासन कार्यालय काठमाण्डौ सरुवा भएका छन ।

    मेयर फागोले आफुले खोला च्यानलाईज कार्यमा आर्थिक अनियमिता गरेको प्रमाणीत भए आफै जेल जान तयार भएको पटक पटक सार्वजनिक मंञ्चबाट बोल्दा पनि हिजो आर्थिक अनियमिता भएको दावी गर्ने जनप्रतिनिधी तथा राजनितीकर्मी आज किन मौन छन् नगरबासीले रहस्मय किसीमबाट हेरेका छन् ।

    स्थानिय अगुवा राजनितीज्ञ् ललित अधिकारीले सोल्टी र मिक्लु खोलाको उत्खनन एवं च्यानलाईजमा हिजो मेयर फागोको संम्लग्नता भएको दावी गर्ने र सामाजीक संञ्जालमा आर्थिक अनियमिताको आरोप लगाउनेहरुले प्रतिवेदन सार्वजनिक गर्न दबाव दिनुको सट्टा प्रतिवेदन आफुले भने जस्तो नआउने सुईको पाए पछि सार्वजनिक नगर्न प्रशासनलाई दबाव दिएको हुन सक्ने संकेत गरेका छन् ।

    यसरी उनले वास्तविकता अध्ययन नगरी कसैकोे चरीत्रहत्या गर्ने संस्कारले समाजको विकासमा प्रभाव पार्ने भएकोले त्यस किसीमका कार्यलाई निरुत्साहीत पार्नुपर्ने सुझाव समेत गरेका छन् ।

    मेयर फागोले आफुले उल्टै नगरपालीकाले सो कार्यका लागि बिनीयोजन गरेको ४५ लाख रुपया“ खर्च नगरी उदारणीय कार्य गरेको बताउदै आफु माथी लागेको आरोपका बिषयमा प्रमुख जिल्ला अधिकारी, जि.स.स., प्रदेश गृह मंन्त्री लगायत सग“ दर्जनौ पटक प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दा एउटाले अर्कोलाई देखाएर तर्किने मात्र गरेको बताएका छन् ।

    मेयर फागोले आफु जनप्रतिनिधी भएकोले आफु माथी लागेको आरोपको यथार्थता नगरबासीले जान्न पाउँनु पर्ने भएकोले पनि प्रतिवेदन सार्वजनिक आवश्यक रहेको बताएका छन् ।

    उता छानविन समितिका संयोजक कुरुङवाङले आफनो समितिले समयमै तत्कालीन प्रजिअ आचार्य समक्ष प्रतिवेदन बुझाएको बताउदै प्रतिवेदन सार्वजनिक गर्ने कार्य जिल्ला प्रशासन कार्यालयको भएको तर किन नगरेको हो आफुलार्इ थाहा नभएको बताएका छन् ।

    एक उच्च स्रोतका अनुसार प्रतिवेदनमा मेयर फागो माथी लगाएको आरोपहरु प्रतिवेदनमा नभेटीए पछि नेकपाको दबावमा प्रतिवेदन गुपचुप पारीएको जनाएको छ ।
    blastkhabar बाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…