• उर्लाबारी, २३ असोज ।
    कुलझोडा युवा क्लबले वडादशैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना गर्नेभएको छ ।
    प्रतियोगिता आगामी कात्तिक १२ देखि १९ गतेसम्म सञ्चालन गरिने आज आयोजित पत्रकार सम्मेलनमा खेल संयोजक कमल फ्याकले जानकारी दिनुभयो ।
    उर्लाबारी–८ दुर्गापुरीस्थित अरनिको माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन गरिने सो प्रतियोगितामा चर्चित आठवटा टिमको सहभागिता रहनेछ । प्रतियोगितामा विजेतालाई नगद दुई लाख तथा उपविजेतालाई एक लाख नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

    सो प्रतियोगिता सञ्चालनका लागि कमल फ्याकको संयोजकत्वमा सात सदस्यीय खेल उपसमिति गठन गरिएको छ । जसको उपसंयोजकमा सानु तामाङ, सचिवमा भुपेन सेर्मा, कोषाध्यक्षमा दिनेश थापा मगर तथा सदस्यहरुमा मानबहादुर थापा, अमृत लिम्बु र मुकेश धिमाल रहनुभएको छ । आयोजक टिमका सचिव भुपेन शेर्माले खेललाई भब्य रुपमा सन्चालन गर्नका लागि देशविदेशमा रहनुहुने खेलप्रेमी शुभेच्छुकहरुलाई सहयोग पुर्याईदिनुहुन अनुरोध गर्नुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…