• असोज २३, काठमाडौं । नेकपाका सांसद रामवीर मानन्धरले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् ।

    गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा काँग्रेस र राप्रपाका साझा उम्मेद्वार विक्रम थापालाई पराजित गर्दै काठमाडौँ ७ बाट विजयी भएका मानन्धरले काठमाडौँको संवाद चौतारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफूले राजीनामा दिइसकेको बताए ।

    सांसद रामवीर मानन्धरले भोलि बस्ने नेकपा केन्द्रीय सचिवालयको बैठकले सोही क्षेत्रबाट वरिष्ठ नेता बामदेव गौतमलाई उठाउने निर्णय गर्ने भन्दै उनले सो निर्णयपछि सभामुखकहाँ गएर राजीनामा बुझाउने जानकारी दिए ।

    पार्टीकै सचिवालय सदस्य वामदेव गौतमले प्रतिनिधिसभा सदस्य बन्ने इच्छा गरेपछि राजीनामा दिन तयार भएका मानन्धरले मुलुकको स्थिरता र काठमाडौँ ७ को विकासका लागि गौतमको आवश्यकता रहेको औँल्याए ।

    ‘बामदेव पुराना नेता हुन्, मुलुकको स्थिरताका लागि उहाँको खाँचो छ ।’ उनले भने , ‘पार्टी एकता गर्न भूमिका खेलेको नेता वामदेव सांसदमा आउनुभयो भने विकास हुन्छ ।’

    गौतम प्रतिनिधिसभा चुनावमा बर्दिया १ बाट कांग्रेसका सञ्जयकुमार गौतमसँग ७ सय ५३ मत अन्तरले पराजित भएका थिए । मुलुकैभर वाम गठबन्धनको लहर चलेका बेला त्यही गठबन्धनका सूत्रधार मानिएका गौतम भने पराजित भएका थिए । तत्कालीन एमाले र माओवादी केन्द्रको पकड मानिएको क्षेत्रमा भएको हारलाई गौतमले स्वाभाविक मानेका छैनन् ।

    उनले पार्टीभित्रैको अन्तर्घात र विदेशी शक्तिहरूका कारण हारेको भन्दै पार्टी बैठकमा बताएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…