• असोज २३, विरोटनगर । प्रदेशको नामाकरण र स्थायी राजधानीको टुंगो लगाउने विषयलाई छल्दै प्रदेश नं १ को चालु अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ । मंगलबार ५२ औ प्रदेश सभाको बैठक बसी बैठक अन्त्यको तयारीमा सरकार जुटेको हो ।

    प्रदेश सरकारले सर्बदलीय बैठक आब्हान गरी प्रदेश सभा अन्त्य गर्ने निर्णय गरेको हो । सरकारले प्रदेशको नाम र राजधानीका यही अधिवेशनबाट टुंगो लगाउने भनेपनि सम्भव नभएको भन्दै हाललाई थाँती राखेर अधिवेशन अन्त्य गर्ने प्रदेश सरकारले निर्णय गरेको हो ।

    नेकपाका संसदीय दलका उपनेता टंक आङबोहाङले मंगलबार प्रदेश सरकारको बैठक बसी प्रदेश सभाको जारी अबिधेशन अन्त्य गर्ने निर्णय भएको जानकारी दिए । उनले नेपालीहरुको महान चाड बडादशैँ र तिहार नजिकएको भन्दै प्रदेशसभा सदस्यहरूले आवाज उठाएपछि प्रदेशसभा अन्त्यको निर्णय गरिएको बताए ।

    उनले प्रदेशको नाम र राजधानीको बिषयमा गहन छलफल गर्ने र सहमतिबाट टुग्याउने तयारी भईरहेकाले त्यसका लागि अझै व्यापक छलफल गर्नुपर्ने आवश्यक रहेकाले हाललाई प्रदेशसभा अन्त्य गर्ने निर्णय भएको जानकारी दिए ।

    सरकारले यसअघि यही अधिवेशनबाट प्रदेश सभाको नाम र राजधानी टुग्याउने बताउदै आएको थियो । तर प्रदेश सरकारको नाम र राजधानीको विषयमा सरकारले औपचारिक रुपमा प्रदेश सभामा लैजान सकेको छैन ।

    नाम र राजधानीको टुंगो लगाउन नेकपा संसदीय दलको बैठक बसेको भएपनि बैठकले कुनै निर्णय नलिई स्थगित भएको थियो । मुख्यमन्त्रीले दलको अर्को बैठक डाक्न सकेका छैनन् ।

    जसका कारण नाम र राजधानीको विषय अनिर्णय बनेको छ । प्रदेशको राजधानीको चर्चा चुुलिएपछि केही दिन यताबाट अस्थायी राजधानी रहेको विराटनगर, इटहरी, धरान लगायतका क्षेत्रबाट आफनै स्थानमा स्थायी राजधानी राखिनु पर्ने आवाज समेत जोडदार रूपमा उठ्न थालेको छ ।

    औपचारिक रुपमा विषय प्रवेश नभएपनि १ नम्बर प्रदेशसभामा प्रदेशको नाम र राजधानीको विषयले हरेक दिन स्थान पाउन थालेको छ । संसदमा अन्य जनसरोकारका विषय उठ्न छाडेर नाम र राजधानीकै विषय उठिरहेपनि त्यसबारे निर्णय गर्न बसेको नेकपा संसदीय दलको बैठक स्थगित भएपछि पुनः बस्न सकेको छैन । जसले गर्दा यो विषयमा थप अन्यौल बढेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…