• असोज २३, काठमाडौँ । लामो समयदेखि संविधान संशोधनको माग गरिरहेको राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई छठ सम्मको अल्टिमेटम दिएको छ ।

    सोमबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै राजपाले संविधान संशोधनका लागि सरकारलाई छठसम्मको अल्टिमेटम दिएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निर्माणका बेला गरेको तीन बुँदे सहमति स्मरण गराउँदै छठसम्म संविधान संशोधनको प्रक्रिया अघि नबढे समर्थन फिर्ता लिने चेतावनी समेत दिएको छ ।

    राजपा अध्यक्ष मण्डलका नेताहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आफूसँग गरेको सहमतिप्रति गम्भीर बन्न आग्रह गरे ।

    यसअघि पनि पटक–पटक संविधान संशोधनको प्रक्रिया अघि बढाउन आग्रह गर्दैै आएको राजपाले आफूले उठाएका माग र मुद्दाहरुलाई नगरिए देश फेरि संघर्ष र आन्दोलनमा धकेलिन बाध्य हुने चेतावनी समेत दिएका छन् ।

    संशोधनका लागि आन्तरिक गृहकार्य गरिरहेको र असोजको २९ गतेसम्म पर्खिन प्रधानमन्त्रीले आग्रह गरे पनि आफूहरुले छठसम्मको मात्रै समय दिएको स्रोतले बतायो ।

    बेलुका ९ बजेसम्म भएको भेटमा सरकारका तर्फबाट प्रधानमन्त्री ओली र नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र राजपाबाट अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीबाहेकका नेता सहभागी थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…