• सन्तोष राई

    पथरी, असोज २३

    मोरङको पथरीशनिश्चरे–१ कि सरिता लिम्बु मिश्रलाई बचाउनका लागि अभियन्ताहरूले अपिल गरेका छन् । सोमबार पथरीको शान्ति भुल्के सिमसारमा पत्रकार सम्मेलनको आयोजना गरी सबैले सहयोग गर्न अपिल गरिएको हो । दुवै मृगौला फेल भएर उपचार गराइरहेकी सरिता लिम्बु मिश्र बचाउनका लागि बचाउ अभियानको समूह नै बनाएर आर्थिक संकलन थालिएको छ । असोज १९ गते स्थानीय अगुवा धन कुमार तामाङको संयोजकत्वमा ६९ सदस्यीय समिति गठन आर्थिक संकलन सुरु गरिएको हो ।

    अहिलेसम्म समितिले ९० हजार बराबर रकम पनि संकलन गरिएको संयोजक तामाङले जानकारी दिए । हालसम्म सरिताको उपचारका लागि परिवारले १२ लाख खर्च गरिसकेको जानकारी दियो । उनको उपचारका लागि अझै ५० देखि ६० लाख सम्म लाग्ने अस्पतालले जनाएको सरिताका श्रीमान योगेन्द्र मिश्रले बताएका छन् । मिश्रको मृगौला प्रत्यारोपण नै गर्नु पर्ने भएको छ । उनलाई मिल्ने मृगौला पनि पाएको तर आर्थिक अवस्था कमजोर भएका कारण नै प्रत्यारोपणमा समस्या भएको अभियान्ताहरुले पत्रकार सम्मेलनमा जानकारी दिए ।



    सो पत्रकार सम्मेलनमा वडा नं. १ का वडा अध्यक्ष बाबुराम एङ्देनले पनि नगरबाट सहयोगका लागि समन्वय गर्ने र हरेक वडामा पनि अध्यक्षहरुसँग समन्वय भइरहेको बताएका छन् । अहिले सरिता ३७ वर्षकी भइन् । वैदेशिक रोजगारीका क्रममा दुवइमा रहेका योगेन्द्र पनि श्रीमति बिरामी भएपछि रित्तो हात घर फर्किएका छन् । योगेन्द्र र सरिताको २ सन्तान रहेको छ । बिरामी सरिताको श्रीमान योगेन्द्र मिश्रले गहभरि आँसु पार्दै भने–‘विदेशमा पनि मेरो कमाई राम्रो थिएन । श्रीमती विरामी भएपछि उनको उपचारमा भए भरको सबै सम्पत्ति खर्च गरियो । सबैसँग सहयोगको आशा राखेको छु ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…