• बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै काठमाडौंमा थाल ठटाएर सरकारविरुद्ध प्रर्दशन गरिएको छ । युवा नर्स संजालले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै सोमबार दिउँसो काठमाडौंको माईतीघर मण्डलामा सरकारविरुद्ध थाल र चम्चा ठटाएर प्रर्दशन गरेको हो ।

    प्रर्दशनकारीहरुले निर्मला हत्या प्रकरणका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै नाराबाजी समेत गरेका थिए ।

    उनीहरुले निर्मलाको हत्यारालाई पत्ता लगाउन बम दिदीबहिनीलाई अनुसन्धानमा दायरामा ल्याउन ढिलाई नगर्न पनि सरकारलाई दबाब दिँदै आएका छन् ।। सरकारद्वारा गठित उच्चस्तरीय छानवीन समितिको प्रतिवेदनले पनि एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीलाई अनुसन्धान गर्न सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाई सकेको छ। स्मरण रहोस् बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको विरोधमा काठमाडौंमा दैनिक प्रर्दशन हुँदै आएका छन ।

    https://www.youtube.com/watch?v=rODQ2Vz7vvM

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…