• झापा । गत वर्ष धुलावारी जेसीजले वर्ष उत्कृष्ट नागरिकको रुपमा मेचीनगर ९ निवासी संगीता थापालाई पुरस्कृत गरेको थियो । सामाजिक अभियान्ता थापाले समाजमा गरेको अनुकरणीय कार्यको उच्च मुल्याङकन गर्दै उनलाई पुरस्कारको हकदार बनाएको थियो । उक्त पुरस्कारबाट प्रापत गरेको रकम उहाँले करिब १ वर्षसम्म सुरक्षित राख्नु भयो । राम्रो काम गरे बापत पाएको पुरस्कार राशीलाई कुनै राम्रो काममा प्रयोग गर्ने भन्दै उक्त रकम खर्च नगरी राख्नु भयो । अन्ततः उहाँले आफुले अध्ययन गरेको विद्यालयमा कवि शिरोमणी कक्षा १२ मा अध्ययनरत विद्यार्थी रोहित खत्रीको एक वर्षको अध्ययन बापत लाग्ने खर्च उपलब्ध गराउनु भयो । गरिव तथा जेहेन्दार विद्यार्थी खत्रीलाई मंगलवार विद्यालयमा आयोजित एक कार्यक्रमका विच उक्त रकम हस्तान्तरण गर्नु भयो ।
    बिद्यार्थी खत्रीको परिवारबाट बिद्यालयको खर्च धान्न नसक्ने अवस्था भएका कारणले आफुले बिद्यार्थीको पढाई खर्च उपलब्ध गराएको थापाले बताउनु भयो । प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालकी राष्ट्रिय स्रोत व्यक्ति तथा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय सदस्य समेत रहनु भएकी थापाले समेत रहनु भएकी थापाले विद्यार्थीको असल भविष्य निर्माणमा साथ दिन सहयोग गरेको बताउनु भयो । उहाँले गरेको यो सकारात्मक कामको विद्यालयका प्रधानाध्यापक कृष्ण अधिकारीले खुसी व्यक्त गर्दै धन्यवाद दिनु भयो ।
    एक वर्षको अवधीमा विद्यालयमा लाग्ने १५ हजार रुपैया प्रदान गरिएको थियो ।





सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…