झापा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बाहिर चर्चामा आए जस्तो काठमाडौँ ७ को निर्वाचनमा आफ्नो उम्मेद्धवारी नुहने स्पष्ट पार्न भएको छ । शर्माले झापा छोडेर काठमाडौँमा निर्वाचन नलड्ने स्ष्टि पार्नु भएको हो ।
गत साल भएको प्रतिनिधिसभाको निर्वाचनमा बर्दियाबाट पराजित बनेका नेकपाका नेता बामदेव गौतमलाई नेकपाले काठमाडौँ क्षेत्र नम्बर ७ बाट पुनः निर्वाचनमा उठाउने तयारी गरिए पछि अहिले यस विषयले चर्चा पाएको हो । गौतमलाई सांसद बनाउनकै लागि त्यस क्षेत्रबाट निर्वाचित सांसद रामहरि मानन्धरलाई राजिनामा दिन लगाएको छ ।
उनको प्रतिस्पर्धीका रुपमा प्रतिपक्षी दल कांग्रेसका तर्फबाट पार्टीका प्रवक्ता शर्मालाई उम्मेद्धवारी बनाउने चर्चा चलाइरहँदा प्रवक्त शर्माले नेता गौतमसँग आफु प्रतिस्पर्धी नहुने स्पष्ट पार्नु भएको हो । नेता शर्माले आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र १ छोडेर अन्यत्रबाट उम्मेद्वार नहुने स्पष्ट पार्नु भएको छ । उहाँले मेचीलाई छोडेर अन्य क्षेत्रमा गएर आफु उम्मेद्धवारी नहुने बताउनु भएको हो ।