• इटहरी । इटहरी ९ स्थित बसपार्कमा १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    करणीको आरोपमा गढिगाउपालिका ८ छिटाहा बस्ने बर्ष ३० को प्रमोद चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

    चौधरीले बालिकालाई ललाई फकाई गरी इटहरी ९ स्थित गोधुली होलटमा लगेर धाक धम्की देखाई करणी गरेको भनी पिडित परिवारले दिएको उजुरीको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ ।

    निर्माण सम्बन्धि लेवर काम गर्ने उनिहरु शुरुमा इटहरीको बसपार्कको एक होटलमा बसेका थिए । प्रहरीले उक्त होटलमा छापा मारेपछि भागेर उनिहरु गोधुली होटलमा बसेका थिए । सोही होटलमा बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका चौधरीलाई मंगलबार जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । घटना आईतबार साँझ भएको बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…