• पथरी  /पथरी बहुमुखी क्याम्पस नेपाल विदार्थी संघका इकाई सभापति नवराज तुम्वापोले नेपाल विद्यार्थी संघ मोरङको १२ औं जिल्ला अधिवेशनमा सभापतिको उम्मेद्वार बन्ने घोषणा गर्नु भएको छ ।
    मङ्गलबार पथरी बहुमुखी क्याम्पसको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी तुम्वापोले उम्मेद्वारी घोषणा गर्नु भएको हो । पत्रकार सम्मेलनमा उम्मेद्वारी घोषणा गर्दै विद्यार्थी नेता तुम्वापोले नेपाल विद्यार्थी संघलाई युग सापेक्ष ढंगबाट सञ्चालन गर्न आफू तयार रहेको बताउनु भयो । उहाँले संघको गौरवपूर्ण इतिहासलाई जीवन्त राख्दै नेपाल विद्यार्थी संघलाई मोरङ जिल्लाका प्रत्येक विद्यालय,गाउँ, नगर र क्षेत्रमा विस्तार गर्ने बताउनु भयो ।

    तुम्वापोले आफू मातृ पार्टी र नेविसंघ भित्रको गुट ,उपगुटको बिरोधी भएको बताउँदै संघलाई कांग्रेस नेताको वरिपरी मात्र घुम्न नदिने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उम्मेद्वार घोषणा कार्यक्रमका संयोजक केशर राईको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थी नेता विक्रम लिम्बू र पथरी बहुमुखी क्याम्पसका प्रमुख चेतन पौडेलले शुभकामना प्रकट गर्नु भएको थियो ।
    उम्मेद्वारी घोषणा सभामा तुम्वापो समर्थक विद्यार्थी र विद्यार्थी नेताहरूको सहभागिता रहेको थियो ।
    नेपाल विद्यार्थी संघको मोरङ जिल्ला अधिवेशन आगामी कात्तिक महिना भित्रमा हुने बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…