• प्रदेश नम्बर एक को राजधानीका विषयमा आएका समाचारहरु प्रति आक्रोसित हुँदै मुख्यमन्त्री शेरधन राईले पत्रकारमाथी शब्दबाण प्रहार गरेका छन् । एक नम्बर प्रदेशसभाको बर्खे अधिवेसन समापनका क्रममा बैठकमा बोल्दै राई पत्रकारहरु माथी खनिएका हुन् । प्रदेशको नाम र राजधानीको विषयहरु हल्का रुपमा सतहमा ल्याएर पत्रकारहरु आफ्नो मर्यादाभन्दा तल झरेको मुख्यमन्त्री राईको आरोप छ ।

    गएको जेठ १७ गतेदेखि शुरु भएको १ नम्बर प्रदेश सभाको बर्खे अधिवेशन ५२ वटा बैठक पूरा गरेपछि अन्त्य भएको हो । बर्खे अधिवेशन अन्त्य गर्ने क्रममा सबै संसदीय दलका नेतालाई सदनमा बोल्न दिइएको थियो ।
    सदनलाई सम्बोधन गर्दै एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, कांग्रेस संसदीय दलका नेता राजिव कोइराला, संघीय समाजवादी फोरमका जयराम यादव तथा राप्रपाको तर्फबाट एक मात्र सांसद इन्दीरा राईले शुभकामनासहित सरकारको काम कारबाही तथा अहिलेसम्म भएका प्रगतिको बारेमा बोलेका थिए । नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री राईले बैठकमा अहिलेसम्म प्रदेश सरकारले गरेका कामको बारेमा सदनलाई जानकारी गराएका थिए । केही समय सरकारको काम कारबाही, प्रदेश सरकारले भोग्नुपरेको अप्ठेराका बारेमा जानकारी गराएपछि मुख्यमन्त्री राईको अरु समय मिडिया र पत्रकारको आलोचनामा मात्रै सीमित भयो । राइले एक नम्बर प्रदेशलाई राजधानी बनाउनको लागि बृहत बिराट क्षेत्रको कुरा अघि सारिएको बताए । उनले बिराट क्षेत्र बनाएर स्याटेलाइट सिटी, स्मार्ट सिटी, टुरिजम सिटी, औद्योगिक तथा स्पोर्ट सिटीको अवधारणा र कृषि जोनको रुपमा अगाडि बढाउने उदेश्य अघि सारिएको भए पनि केही साँगुरो सोच बोकेकाहरुको कारण समस्या आएको बताएका थिए । उनले भने, ‘यस्ता सोचले आफ्नो ठाउँ बनाउन सकिँदैन ।’ संविधानसभाबाट ५ वर्ष ८ महिनामा टुङ्गो लाग्न नसकेको प्रदेशको स्थायी राजधानी र नामको दायित्व प्रदेशसभाको काँधमा आएकोले त्यति सजिलै टुंगो नलाग्ने राइको भनाई छ । ‘प्रदेशको स्थायी राजधानी तोक्ने विषयमा सरकारले सहजिकरण गरेको मात्र हो, यसको अधिकार सबै सदनमा रहेका ९३ जना निर्वाचित जनप्रतिनिधिभित्र रहेको छ’, मुख्यमन्त्री राईले भने । प्रदेशको नाम र राजधानीको विषयहरु हल्का रुपमा सतहमा ल्याएर आफ्नो मर्यादाभन्दा तल झरेको भन्दै पत्रकारप्रति मुख्यमन्त्री राईले आक्रोश पोखे । ‘न्यूनतम व्यावसायिक मार्यादालाई समेत ख्याल नगरी लेखेर प्रकाशित गर्ने काम भइरहेको छ’, मुख्यमन्त्री राईले भने, ‘वास्तवमै त्यो विषय त्यस प्रकारको सतहमा ल्याएर छलफल गर्ने तथा प्रकाशनमा ल्याउने विषय हैन ।’ ‘हामी त्यतिकै आएका छैनौं । हामी यहाँ नेपाल राष्ट्र बनाउन यस देशको राष्ट्रियता, राष्ट्रिय एकतालाई जोगाउन आएका हौं’, पत्रकारको कामको खण्डन गर्दै मुख्यमन्त्री राईले भने, ‘देश र प्रदेश हाँक्ने अख्तियारी लिएर यहाँ आएका सदस्यलाई चुनौती दिने मान मर्दन गर्ने र लाञ्छित गर्ने कुरा यो प्रदेशसभाका निमित्त सैह्य हुन सक्दैन र प्रदेशसभाले गम्भीर रुपमा लिनु पर्दछ ।’ उनले पत्रकारप्रति लक्षित गर्दै भने, ‘विवेक छैन, तर्कमा तर्क गर्न सकिँदैन, स्पष्ट बहस गर्न सकिँदैन भने भने चूप लागेर बस्दा हुन्छ तर यस विषय र यस मामिलाको बारेमा जुन प्रकारको अस्वस्थ, जुन किसिमको नीचस्तरको गतिविधिहरु, अभिव्यक्तिहरु, प्रकाशित समाचाहरु, हामीले देखेका छौं, त्यो राम्रो कुरा हैन ।’ मुख्यमन्त्रीको ट्याग र नाम लेखाउन आफू नआएको, अनुचित लाभको लागि नआएको भन्दै उहाँले अलिकति बोल्दा, कलम चलाउँदा, विचार गरेर आफ्नो मर्यादा, आफ्नो हैसियत र आफ्नो व्यवसायिकतालाई जोगाएर राख्न आग्रह गरे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…