• सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले गत वर्ष सम्पन्न चुनावमा पराजित बामदेव गौतमलाई उपचुनावमा जिताएर संसद छिराउने प्रक्रिया सुरु गरेको छ । यसबारे जनमानसमा विरोध सुरु भइसकेको छ । गौतमका लागि चुनाव लड्न काठमाण्डौ क्षेत्र नम्बर ७ बाट चुनाव जितेका रामवीर मानन्धरले राजिनामा दिएको घोषणा गरिसकेका छन् । यही विषयमा केन्द्रित रहेर ऋषि धमलाले नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बसहका लागि गरिएको कुराकनीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

    झलनाथ खनाल, वरिष्ठ नेता, नेकपा
    पछिल्लो समय देशमा धेरै समस्या देखिएका छन् । सरकाभरले समाधान गर्न नसकेको हो ?
    सरकार आफ्नै ढंगले चलिरहेको छ । समस्या समाधान हुन सकेन भनेर भन्ने कुरा सरकारलाई नै थाहा होला । कतिपय काम त राम्रै पनि गरिरहेको छ ।

    तपाईहरुले सरकारको कामबारे प्रधानमन्त्री केपी ओलीलाई सोध्नुहुन्न ?
    अब एउटा बैठक बसेर सबै कुरा गरौँला भन्ने सोचका छौँ । तर स्थायी कमिटिको बैठक परपर सरेको छ । दशैँ अगाडि बैठक नबस्ने परिस्थिती देखिएको छ । अब दशैँपछि बैठक बसेर सरकारको कामको समिक्षा गर्छौँ ।

    काठमाण्डौ क्षेत्र नम्बर सातमा रामवीर मानन्धरले राजिनामा दिएर बामदेव गौतमलाई चुनाव लडाउन खोजिएको छ । किन ?
    सचिवालय बैठकमा रामवीरले राजिनामा पत्र पठाउनुभएको थियो । त्यो पत्रको बारेमा हामीले छलफल गरेका छैनौँ । राजिनामा स्विकृत गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीले निर्णय गर्न बाँकी छ । यसबारे प्रक्रिया पूरा भएको छैन ।

    बामदेवलाई उपचुनावमा लडाउने बारे पार्टीले निर्णय गरेको होइन ?
    अहिलेसम्म निर्णय गरेको छैन । छलफल गर्नं बाँकी नै छ ।

    संसदमा बामदेव गौतमको आवश्यकता छ ?
    आवश्यकता त किन छैन ? पार्टीका सबै नेताहरुको आवश्यकता हुन्छ । नारायणकाजी श्रेष्ठको आवश्यकता छ । जति साथीहरुले चुनाव हार्नुभयो सबैको आवश्यकता छ ।

    उपनिर्वाचनलाई बेमौसमको बाजा भन्नेहरु पनि छन् । यो आवश्यक थियो ?
    भन्नेहरुले भनिहाल्छन् नि । अब रामवीरको राजिनामा स्विकृत भयो भने उपनिर्वाचन हुन्छ ।

    चुनाव हारेको व्यक्तिले पुनः चुनाव लडेर संसद बन्न मरिहत्ते गरेको भन्दै असन्तुष्टी देखिएको छ । पार्टीभित्र के छ अवस्था ?
    यसबारेमा पार्टीमा औपचारिक प्रक्रिया अगाडि नबढेकाले असन्तुष्टीबारे केही भन्न सकिदैन । अलिअलि आलोचना त भइहाल्छ ।

    तपाईको धारणा चाँही के हो ?
    म बामदेवजीको विरोधमा छैन । चुनाव जितेर प्रतिनिधीसभामा आउनुभयो भने राम्रो हुन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…