• काठमाडौं, २४ असोज । अर्घाखाँचीको मालारानी–४ श्री कालिका नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय खनमा आजदेखि मालारानी शैक्षिक तथा धार्मिक महोसत्व–२०७५ आरम्भ भएको छ ।

    उक्त महोसत्व आयोजक मूल समारोह समिति काठमाडौंले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी महोत्सव सुरु भएको जानकारी गराउँदै ब्यानर अनावरण गरेको छ । महोत्सव आगामी असोज ३१ गतेसम्म चल्नेपनि आयोजक समितिले जनाएको छ ।

    प्रत्येक दिन विहान ७ बजेदेखि ८ बजेसम्म पुजन र ८ बजेदेखि पाठ प्रारम्भ, प्रत्येक दिन विहान १० बजेदेखि ४ बजेसम्म संगितमय तथा झाँकी, प्रत्येक साँझ आरती तथा १००८ दीप प्रज्वलन, प्रत्येक दिन राती ७ बजेदेखि ९ बजेसम्म भजन कृतन झाँकी र कलश यात्रा असोज २४ गते विहान १० बजे यज्ञ स्थलबाट प्रारम्भ गरिने आयोजकले जनाएको छ ।

    महोत्सवको उक्त ब्यानरको अनावरण भने नेकपाका स्थाीय समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल चिकित्स संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ र काठमाडौं संयोजक खिम प्रसाद घिमिरे संयुक्त रुपमा गरेका थिए ।

     

    समितिले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ,‘जगतजननी माताको असिम कृपाले सामूहिक रुपमा प्रदेश नम्बर ५ कै ईतिहासमा अद्धितीय राष्ट्रिय शान्ति पितृ मोक्षको लागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ, सहस्र शालीग्राम पूजा अर्चना परिक्रमा, विराट धनधान्य महापर्व राष्ट्रिय कलाकारबाहरुबाट संगितमय प्रस्तुति ११०० शान्ति कलश पूजन आयुर्वेदिक औषधबारे प्रवचन साथै कालिका ने.रा.उ.मा.वि. शैक्षिक तथा धार्मिक महोत्सव अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिक–४ खन कालिका ने.रा.उ.मा.वि. को प्राङगणमा आयोजना गरिने भएकोले धर्मप्रेमी श्रद्धालु भक्तजन महानुभावहरुलाई कथा ग्रहण एवम् शिक्षाका लागि गरिने सामाजिक तथा धार्मिक कार्यमा सहभागी हुन हार्दिन निमन्त्रणा गर्दर्छौं।’

    उक्त महायज्ञ २०७५ असोज २४ गतेदेखि असोज ३१ ग्तेसम्म कालिका ने.रा.उ.मा.वि.को प्राङगणमा भागवत कथा वाचक पण्डित नरेश नेपालको प्रमुख वाचकत्वमा साथै शैक्षिक क्रान्तिका अभियन्ता ईश्वर शरण महाराजको संकल्पमा सञ्चालन हुने जानकारीपनि समितिले दिएको छ ।

    त्यस्तै, उक्त शैक्षिक तथा धार्मिक महोत्सव सप्ताह ज्ञान महायज्ञमा दाताहरुबाट प्राप्त दान राशी जनताहरुद्धारा प्राप्त दान राशि जनताहरुद्धारा अपेक्षित कालिका ने.रा.उ.मा.वि. प्राविधिक शिक्षा तथा सुविधासम्पन्न (स्मार्ट) विद्यालय सञ्चालनमा खर्च गरिनेपनि जनाएको छ ।

    कार्यक्रममा बोल्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य  एवम् सांसद टोपबहादुर रायमाझीले उक्त महोत्सवलाई सफल बनाउन देश तथा विदेशमा रहेका सबै नेपालीहरुलाई सहयोग गर्न आग्रह गरे ।

    पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले भने,‘यस्ता महोत्सवले शैक्षिक तथा अन्य धार्मिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँछ । यसलाइ सफल बनाउनको लागि मेरो तर्फबाट पूर्ण साथ र सहयोग छ ।’

    फरक प्रसंगमा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको काम सुस्त रहेको भन्दै अब ‘गियर’ बदल्नुपर्ने पनि बताए । उनले भने,‘सरकारले अब गियर चेन्ज गर्नुपर्छ । अहिले काम अलि सुस्त देखिएको छ। गियर चेन्ज गरेपछि बल्ल पिक अप लिन्छ ।’

    उनले मुलुक यतिवेला राजनीतिक आन्दोलनको युगबाट विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै भने,‘यतिमात्रै होईन, नयाँ संविधान जारी गरेसँगै हामी संविधान कार्यान्वयनको प्रक्रियामा पनि अघि बढिरहेका छौं । यतिवेला ज्यादै नै महत्वपूर्ण र सकरात्मक परिस्थिति सिर्जना भएको छ।

    विगतमा राजनीतिक अस्थिरताका कारण विकास र समृद्धिको पक्षमा जति काम हुनुपर्दथ्यो, त्यति हुन सकेन् । राजनीतिक आन्दोलनका कारण पनि हामीले जसरी देशलाई विकासको बाटोमा डोर्याउनुपर्दथ्यो । त्यो सकेनौं । तर, पछिल्लो चरणमा दुई तिहाईको सरकार बनेको छ ।’

    उनले अब वर्तमान सरकारले विकास र समृद्धिको लागि, राष्ट्र निर्माणको लागि एउटा मार्गचित्र निर्माण गरेर द्रुत गतिमा देशलाई अगाडि बढाउनुपर्ने धारणा राखे । उनले भने,‘सरकारले राष्ट्र र जनताको आवश्यकत्ता पूरा गर्नुपर्छ ।

    यसै सन्दर्भमा हामीले अब विकासको लागि काम गर्न पूरानो परम्परा र संस्कार छोडेर अगाडि बढ्नुपर्दछ । नयाँ परम्परा, नयाँ विचार, नयाँ योजना र नयाँ संस्कारसहित हामी अगाडि बढ्नुपर्दछ।’

    यद्धपी अहिलेपनि पूरानै संस्कारका धंगधंगीहरु रहेको उनको भनाई थियो । रायमाझीले थपे,‘पूरानो संस्कारमात्रै होईन, पूरानो संविधान र यसको अभ्यासको पनि धंगधंगी छन् । अब नयाँ संविधानको अभ्यासको सन्दर्भमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार निर्माण भएका छन् ।

    अब तिनीहरुको तीनै तहका संस्थाहरुको योजना, बजेट र अधिकारको बाँडफाँड र कार्यान्वयनको व्यापक अभ्यास गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ।’

    उनले अघि थपे,‘तर, सोच, संस्कार र चिन्तनको कुरा आउँछ । यसले थोरै द्धिविधाजस्तो देखिन्छ । जति द्रुत गतिमा सरकारले कामहरु सम्पादन गरेर, योजना बनाएर अघि बढ्नुपर्ने हो, त्यो चाहीँ अलिकति कठिनाई भएको, जनताको आकांक्षा अनुसार अगाडि बढ्न नसकेको जस्तोपनि देखिन्छ ।

    जहाँसम्म सरकारले विकास र समृद्धि, अनि सुशासनको क्षेत्रमा जनतालाई पर्ने महँगीदेखि भ्रष्टाचारका सवाल छन्, यस विषयमा जनताका गुनासाहरु छन् । त्यसलाई सरकारले तिव्र रुपमा ती विकृति, विसंगती र कमिकमजोरीहरुलाई हटाएर अब राष्ट्र र जनताको समृद्धिको काममा, जनताको सेवामा तिव्र रुपमा अगाडि बढ्नुपर्दछ ।’

    अब सरकारले अलिकति पिक–अप, गियर बढाउनुपर्ने उनको सुझाव छ । उनले भने,‘सरकारले अब गियर चेन्ज गरेर तिव्र गतिमा जनता र राष्ट्रको पक्षमा लागि पर्नको लागि म आग्रह गर्दछु।’

    त्यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले महोत्सवलाई सफल बनाउनको लागि आफू जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको सुनाए । उनले महोत्सव सफल बनाउनको लागि सबैले सहयोग गर्नुपर्ने धारणा राखे ।

    आयोजकको तर्फबाट काठमाडौं संयोजक घिमिरेले अर्घाखाँची धार्मिक, पर्यटकीय तथा साँस्कृतिक हिसाबलेपनि सम्पन्न जिल्ला भएको उल्लेख गर्दै यो महोसत्वले जिल्लाको विकासमा टेवा पुग्ने विश्वास दिलाए ।

    उनले भने,‘सुपादेउराली, पाँणेनी तपोवन, अर्घा भगवती, खन गुफा, मालारानीलगायत अन्य धेरै धार्मिक महत्व बोकेका धरोहर यो जिल्लामा छन् । अब यसको संरक्षण तथा प्रर्वद्धन गर्दै जिल्लाको विकासमा लगाउने हाम्रो प्रण छ ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…