• कैलाली / देश गणतन्त्रमय भए पनि कैलाली जिल्ला लम्कीचुवा नगरपालिका १ मा मुक्तकमैया करिब ५० बालबालिका लाई गणतन्त्रको ग सम्म लागेको छैन । शिक्षा बाट बन्चित बालबालिकाको समस्या न त स्थानीय सरकारले समाधान गर्यो न त केन्द्रिय सरकारले नै ! सरकार र स्थानीयबाट अपहेलित , गरिबी र अशिक्षाले गर्दा कैलालीका मुक्तकमैया बालबालिकाको लागि पढ्ने बिधायल छैन ।

     

    बिधालय जान २ घण्टा हिड्नु पर्ने बाध्यता छ । बालबालिकालाई शिक्षा दिन स्थानीयले बनाएकाे नमुना अध्ययन गृह बनाए पनि हाल नमुना गृह पुरानाे भई भत्कि नै लागेकाे छ । एक काेठे भवन न झ्याल छ न ढाेका नै यस्तो जाडाेमा चिसाे र गर्मीमा पाेल्ने पीडा सहेर पनि भुँइमा बसेर पढ्ने बाध्य छन ।
    स्थानीय सरकार र राज्यको शिक्षा नितिले यतिबेला कैलालीको मुक्त कमैया बालबालिकालाई गिज्याइ रहेको छ । लाग्छ कैलालीको मुक्त कमैया बालबालिका नेपालमा नभएर अर्को कुनै ग्रहमा छन ।

    हाल स्थानीय युवाहरुकाे पहलमा सिर्जनशिल युवा क्लब खाेलेर नमुना अध्ययन गृह बनाउन सामाजिक सँजाल ( फेसबुक) बाटै सहयोग अपिल गरेको छन ।

    उक्त नमुना गृह अपिल सुनेपनि म्याग्दी जिल्ला , रत्नेचाैर निबासी हाल राेजगारीकाे शिलशिलामा मलेसियामा कार्यरत सामाजिक अभियान्ता अाशिष परियार – झिल्केले फेसबुकबाटै सत्ताइस हजार एक सय पैंसट्ठी रुपैयाँ ( २७,१६५ ) आर्थिक संकलन गरि क्लबका अध्यक्ष जनक सुनारलाई पठाएकाे ई-रुप्से डटकमलाई बताए ।

    स्थानीय युवाहरुकाे सकृयतामा नमुना अध्ययन गृह बनाउने यस अभियानमा सहयोग गर्दिनु हुन् अनुरोध पनि गरे ।
    सहयोगको लागि
    थप जानकारी :-
    – Janak Sunar -( 988096317 ) कैलाली

    A/C Name:- Creative Nepal
    A/C No:-0824901292113011
    Bank :- Agricultural Development Bank , lamki Kailali

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…