• गोरखा, २४ असोज । गोरखा कालिका मन्दिरको दशैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ७ बजेर १५ मिनेट तीन घडी ११ पलामा जौको जमरा राखिएको हो ।

    परम्पराअनुसार बिहान सबेरै (बिहान नाडीको रौं देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी प्रदीप योगीले बताएका छन् ।

    कालिका भगवती मन्दिरमा चार पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले बताएका छन् ।  यसअघि मूल दरबारको कैलाश कोठाबाट भित्री बाटो हुँदै देवी भगवतीका सवारी गराउने प्रचलन रहँदै आएको भए पनि भूकम्पले मूल दरबारमा पूर्ण क्षति पुगेकाले कैलाशकोठाको थपना गरी देवीको सवारी गराइएको उनले बताए ।

    जमरा राख्नुअघि मूलदरबारमा नै पानी घडी थपना गर्नुपर्ने प्रचलन रहेको भए पनि दरबार जीर्णेद्धारका लागि भत्काइएकाले नयाँ स्थानमा पानी घडी थपना गरी घटस्थापना गरिएको हो ।

    गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मावलम्बीले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहँदै आएको छ । बडादशैँमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ ।

    प्रतिपदा शुरु भएसँगै कालिका मन्दिरमा नियमितरुपमा कालो बोका बलिदिने प्रचलन रहँदै आएको छ । यसपटक दशैं अवधिभरिसम्म यो ३२ वटा बोका, १२ भेडा, पाँच वटा सुँगुर, एक सतारसहित १५ वटा राँगो र नौ वटा कुखुरा बलिदिने उनले बताए ।

    यसअघि राजसंस्था रहँदासम्म मन्दिरमा १४० भेडाबोका र ८४ राँगा बलि दिने प्रचलन रहँदै आएको थियो । राजसंस्थाको अन्त्य भएसँगै गोरखा दरबार हेरचाह अड्डामा दशैं पूजाका लागि आवश्यक बजेटमा कटौती हुँदै आएकाले पशुपक्षीको बलिसमेत घटाइएको बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…