• असोज २४, विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले, दुई तिहाईको समर्थनमा बनेको वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताएका छन् ।

    विराटनगरमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कम्युुनिस्टको सरकारले थोरै समयमा धेरै अलोकतान्त्रिक काम गरेको आरोप लगाए । नेता सिटौलाले सरकारले शान्ती सुरक्षा दिन नसक्दा हत्या हिंसा तथा बलत्कारका घटना बढ्नुका साथै सरकारका नितिका कारण कर वृद्धि तथा महंगी बढेका कारण जनता मारमा परेको बताए ।

    उनले सरकारको मुल्यांकन गर्ने हो भने जनताका लागी नभएर पार्टीका केहि नेता र कार्यकर्ताका लागी मात्र सरकारले काम गरिरहेको बताए । नेता सिटौलाले यहि अवस्थामा सरकार अघि बढे कांग्रेस चुप लागेर नबस्ने बताए । सरकारको राम्रो कामलाई समर्थन गर्ने तथा स्वच्छेचारी ढङ्गगले सरकार अघि बढे त्यसलाई रोक्ने काम पनि प्रतिपक्षको भएको उनको भनाइ थियो ।

    नेता सिटौलाले निर्मला हत्याकाण्डलाई सरकारले ढाकछोप गर्न खोजेको आरोप लगाए । घटना भएको लामो समय बितिसक्दा पनि दोषी पत्ता लगाउन नसक्नुले सरकार कमजोर भएको उनको दाबी थियो । उनले कांग्रसको आगामी महाधिवेशनले पार्टीलाई सहि मार्ग दिने र परिवर्तनको पक्षमा पार्टीलाई अगाडी बढाउने व्यक्ति नै पार्टी सभापतिका लागि उपयुक्त हुन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…