• काठमाडौँ, २४ असोज 

    शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएको खेलमा च्यासल युथ क्लब र मछिन्द्र क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सातदोबाटोस्थित मैदानमा भएको खेलमा दुुवै टोलीले गोलरहित बाराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ७२औँ मिनेटमा च्यासलले पेनाल्टी पाए पनि गोल गर्न नसक्दा अङ्क बाँड्न बाध्य भयो । ७२औँ मिनेटमा च्यासलका विमल घर्तिमगरलाई मछिन्द्रका डिफेन्सले लडाएपछि च्यासलले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई हेमन्त थापामगरले गोल गर्न सकेनन् । उनको पेनाल्टी मछिन्द्रको गोलकिपर दीप कार्कीले बचाएका थिए ।

    चार वर्षपछि भएको लिगको पहिलो चरण जारी रहँदा सङ्कटा क्लब तीन अङ्कसहित शीर्ष स्थानमा छ । सङ्कटाले सरस्वती युथ क्लबलाई १–० ले हराएको थियो ।

    यही असोज १३ गतेदेखि शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि नौ दिन रोकिएर लिग आजदेखि पुनः सञ्चालन हुन लागेको हो । बिहीबार पहिलो खेलमा फ्रेण्ड्स क्लब र थ्री स्टार क्लब तथा दोस्रो खेलमा जावालाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच सोही मैदानमा खेल हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…