• ओम आचार्य
    काग्रेस सभापतीमा दुवै कोइराला को इच्छा रहे पनि अन्तत कोइराला परिवार सहमतीमा नै एक उम्मेदवार हुने कुरा स्वयं महामन्त्री डा. शशांक वाट विराटनगरमा मोरंग काग्रेसले राखेको एक कार्यक्रम उदघाटित गर्नु भयो र आफु पनि सभापतीको आकांक्षी भएको कुरा वताउनु भयो , अहिले दुवै कोइराला देश दौडाहा मा लाग्नु भएको छ डा.शेखर कोइराला त निकै अगाडी देखी जिल्ला भ्रमणमा हुनुहुन्छ तर पछिल्लो समय मा आएर महामन्त्री डा. शशांक पनि जील्ला भ्रमणमा हुनुहुन्छ । दुवै कोइराला को यो जील्ला भ्रमण लाइ हेर्दा दुइमा एक भन्ने त छ तर डा.शशांकको पछिल्लो भनाइ सभापति को भन्ने प्रस्नमा "डा.शशांक ले शेखर दा म भन्दा सिनियर " भन्दै "सुजता दिदी संग पनि सल्लाह गरेर अघि वडने "प्रतिक्रिया ले यहाँ अव कुनै स्पस्ट गरिरहनु पर्दैन , र यहाँ कुनै द्विविधा लिइ रहनु पर्दैन र कुनै संसय पनि लिनु पर्ने देखिन्दैन भावि सभापती मा डा. शशांकले दाइ डा. शेखर प्रती नै संकेत गरेका देखिन्छ ।
    विपी पुत्र डा. शशांक अत्यन्त भद्र , अनुसासित र अत्यन्त कम वोल्ने र वोलेको कुरामा अडिग रहने चरित्र वनाएका महामन्त्री को "मेरा दा म भन्दा सिनियर " भनेर डा. शेखर लाइ मार्ग प्रसस्त गरेको संकेत गर्नु भएको हो ?भने पनि दुइ कोइराला को यो जिल्ला भ्रमण त्यस्मा पनि डा. शशांक को भ्रमण डा. शेखर कै लागी हो ?यस अर्थमा हो की कोइराला परिवार भित्रैवाट सहमती मै उम्मीदवारी आउछ यसो भनेर प्रथमत कोइरालला प्रती मत वनाउनु , आकर्षण वडाउनु नै दुवै कोंइरालको रणनीति हो ,यो रणनीति अनुसार अन्तत चाहे डा. शेखर हुन या डा. शशांक नाम भन्दा पनि केइराला को आवस्यक्ता औचित्य पाटीमा प्रमाणित गर्न सकियो भने सफल हुने रणनीति वमोजिम दुवै कोइरालाको जिल्ला भ्रमण भएको देखिन्छ ।

    दुवै कोइरालाले जिल्ला जिल्लामा आफ्नो उपस्थिती गराइ रहेका र त्यसमा पनि महामन्त्री डा. शशांक ले प्रत्येक जिल्लामा , प्रत्येक सभासमारोहमा , प्रत्येक कार्यकर्तामा हामी कोइराला भित्रैवाट सहमती मै एक उम्मेदवार दिन्छौं भन्नु भएर यसै वमोजिम तपाइहरु तयार रहनुस भन्ने भित्री सन्देस प्रवाह गर्न खोज्नु भएको हुनुपर्छ जुन सवै कार्यकर्ताको पनि " कोइराला एक हुन " भन्ने इच्छालाइ डा. शशांक को सम्वोधन भएको हुनुपर्छ ।
    कोइराला आफैमा विभाजित भएपछी सभापती को पद पनि सुरक्षित नहुने र पाटी पनि संगठानिक हिसावले कमजोर हुने हुदा डा. शशांकले पाटीमा नेतृत्व लिन सक्ने र नेतृत्व दिन सक्ने छवि डा. शेखरमा देख्नु भएको हो की ? र त्यसै भएर यस्तो अभिव्यक्ति आएको हुन सक्छ ।त्यसो त गत महाअधिवेशनमा सर्वाधिक मत ल्याएर डा. शेखरले काग्रेस भित्र आफ्नो लोकप्रियता प्रमाणित गरिसक्नु भएको छ। र अहिले तिनै तहमा कांग्रेस को उपस्थिती कमजोर रहेको र प्रतिपक्ष को भुमिकामा पनि प्रस्तुती कमजोर रहेको विधमान अवस्थामा डा. शेखर मेची देखी महाकाली सम्म कार्यकर्तासंग सम्वाद गर्दै काग्रेसको कुरा गर्दै समसामयिक राजनीतिक घटनाक्रम विचार सम्प्रेषण गर्न मा सवै भन्दा सक्रिय देखिनु भएको छ र प्रतिपक्षको भुमिका निर्वाह गरिरहनु भएको ले पनि वहाको राजनीतिक उचाइ वड्दै गएको अनुभुती सवैले गर्न थालेका छन।

    र त्यो अनुभुती यस कारणले पनि वडेर गएको छ की नेपाली काग्रेसको तिनै तहमा अत्यन्त दयनिय स्थिती , दयनिय उपस्थिती ले प्रभाव र हैसियत देखाउन नसकेको वर्तमान अवस्था को ज़िम्मेवारी केन्द्र ले न स्विकारिरहेको अवस्थाका कारणवाट कार्यकर्ता पंक्ती ले नेतृत्व तह मा परिवर्तन खेजेको देंखिन्छ त्यही परिवर्तन कै शिलशिलामा शुभेच्छुक संघ संस्था ट्रेड यूनियन र सिक्षक संघमा काग्रेस पाटी सभापती नजिक रहेको प्यानल को पराजय अर्थात पाटीको केन्द्र को नेतृत्व सम्हालेको नेतृत्व को नजिक रहेको समुहको पराजयको संकेत ले पनि नेतृत्व परिवर्तन खोजेको देखिन्छ र त्यो व्याक्ती भोली डा. शेखर हुन सक्छन तथापि अहिले महासमीतिको वैठक मंसिर को पहिलो हप्ता हुने गरि विधान मस्यौदा को तिव्र रुपमा ख़ाका लाइ अन्तिम रुप दिन सातै प्रदेसमा राय सुझाव र परामर्श सुरु हुदै गर्दा सभापति लाइ सक्तिशाली वनाउने कुराले भोलि हुने महाअधिवेंशनमा मा सुरक्षित हुने वाटो को तयारी पनि हुन सक्छ । तर त्यो तयारी आफैमा भविस्य मा झन घातक हुने यस कारण ले हुन्छ की तुलनात्मक रुपमा अहिले सम्भावित सभापतीका उम्मेदवार दावि गर्ने सुचिमा रहेका नामहरु मध्ये सर्वाधिक जिल्ला जिल्ला मा गएर सम्पर्क राख्ने डा शेखर नै पर्छन र अहिले यिन्ले कांग्रेसमा खर्च गरेको उर्जा लाइ अन्य उन्का सहकर्मीहरु पनिले पनि सकारात्मक रुपमा लिएका छन ।

    काठमान्डु वसेर फेसवुक मा स्टाटस हाल्ने , पत्रपत्रिकामा भनाइ राखेर मिडियामा जिवित र सक्रिय देखाउने काग्रेस चरित्र उनमा देखिन्दैन र यै चरित्र ले उनि आफ्नो छवि आफ्नो परिचय लाइ विस्तारै उठाउदै छन विस्तारै यसकारण ले उक्लन्दै छन कि फेरी ओर्लन नपरोस एकाएक उदाएको एकाएक चर्चामा आएको व्याक्ती को धेरै सम्भावन के रहन्छ भने पुन आफ्नो साविक ठाउमा आइपुग्ने यो कुरा सायद डा. शेखरले वुजेका छन । र त्यसरी आएका त्यसरी उक्लेका को राजनीतिक भविस्य वर्तमानमा उन्ले नजिकवाट देखेर नै डा . शेखरले अहिले आफ्नो पहिचान परिचय वनाउन कडा मेहनत गरेका हुन यस्तो लाग्छ, र पनि उनिलाइ नजिकवाट चिनेका उनि संग उठवस गरेका र उनका सहयोगी हरु र राजनीतिक सहयोग को आशा राखेर सम्पर्क राख्नेहरु यिन्ले आफ्नो स्वभावमा परिवर्तन गरेर सहज सरल र मृदुभासी संगै सहयोगी भावनाको रुपमा प्रस्तुत भए यिन्को काग्रेस सम्हाल्ने अवस्था अत्यन्तै नजिक देख्छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…