• विराटनगर अहिले अस्थाइ राजधानि हो ,यस्लाइ स्थाइ गर्न पनि र अन्यत्र लान पनि प्रदेस सरकारलाइ दुइ तिहाइ त चाहिन्छ नै र त्यो त्यति सजिलो नभएर नै प्रदेस सरकार निर्माण भए देखी अहिले सम्म यस विसयमा कुनै निर्णय गर्न नसकिरहेको अवस्था छ ।
    राजधानिको लागी अत्यन्त सहज सरल र सुगम विराटनगर नै है , यो एतिहासिक सहर त हुदै हो त्यसमा पनि यो सांस्कृतिक सहर पनि हो र त्यति मात्रै हैन यो औंधोगिक सहर पनि हो , विराटनगर राजनीतिक रुपमा अग्रणी र वौध्दिक सहर र अन्य नजिक का सहरहरुको तुलनामा सम्पन्न सहर पनि हो र यस्ले प्रदेसको राजधानि को भारलाइ वहन पनि गर्न सक्ने क्षमता भएको सहर पनि हो ।


    तुलनात्मक रुपमा माथि उल्लेख गरेको हैसियतको सहर जुन अहिले राजधानि को रुपमा चर्चामा ल्याइएको छ त्यो मात्रै राजनीतिक एजन्डा हो यि सहरहरुले राजधानिको भार थेग्न र वोक्न सक्तैन , तुलनात्मक रुपमा राजधानि चर्चा इटहरीको चलांइएतापनि त्यो आफैमा विस्वसनियता छैन , इटहरी यौटा जक्सन हो हाइवे हो त्याहा यात्रुहरुको आवत जावत र विश्राम गर्ने थलो मात्रै हो त्याहा राजधानि को लागी कुनै पुर्वाधार तयार छैन पुर्वाधार को हिसावले र राजधानी आफैमा व्यापक ,गहन फराकिलो सव्द हो त्यो विराटनगर वाहेकका सहरमा राजधानि आफै आट्दैन र राजधानिको भार पनि बोक्न सक्तैन।



    विराटनगर मा अस्थाइ राजधानि वन्दा नै राजधानिको लागी पुर्वाधार त्यतिखेर देखिनै सुरु हुन थाल्यो र अहिले सम्म लगानि निरन्तर भइरहेको अवस्थामा अन्यन्त्र राजधानि लाने कुरा सरकारलाइ जोखिम पुर्ण हुनेछ , जोखिम यस कारण ले हुने छ जव यस लाइ विकेन्द्रीकरण को वहस सरकारवाटनै सुरु गरेर अर्को अनावश्यक विवाद तिर प्रदेस सभासदस्य र आम प्रदेस वासीमा अर्को विभेद खडा गर्ने कार्य पनि सुरु हुन थालेको छ ।



    जहा राजधानि हुन्छ त्यस्को आसपास ५/६ किलोमीटर भित्रमा अन्य मन्त्रालयहरु लाइ व्यवस्थित गरेर राख्नु पर्छ जसवाट सेवाग्राहीलाइ सहज सरल र सुविधाजनक होस।
    अहिले कसैको रहर , हठ , प्रभाव र दवाव ले र सुनिन्दैछ आकर्षणको कुरा त्यो आकर्षणले राजधानि अन्यत्र लगेमा हुन सक्ने र आउन सक्ने दृस्यहरु को पनि विचार प्रदेस सरकारले समयमै आंकलन गरेर निर्णय गरियोस त्यो दुरदर्शी र परिपक्क निर्णय हुने छ।



सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…