• धनुषा, २४ असोज  : भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहित रेल आज जनकपुर आइपुगेको छ । आज अपराह्न ब्लास्ट बोकेको ५३ ¥याकसहित रेल जनकपुर आइपुगेको हो ।

    रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनियर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न ब्लास्ट भारत पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताउनुभयो । प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको ¥याकमा लोड गरिएको ब्लास्ट मजदुरले लिकमा झार्दै आएका हुन् ।

    भारत सरकारको सहयोगमा निर्माणाधीन कर्था–जनकपुर–जयनगर रेल्वेअन्तर्गत जयनगरबाट जनकपुरसम्म मालवाहक रेल आएको हो । यसअघि लिक परीक्षणका लागि टोम्पिङ चलाइएको थियो । निर्माणाधीन अवस्थामा रहेको लिकबाट पहिलो पटक ५३ ¥याक सहितको रेल्वे जनकपुर आएको हो ।

    कुर्थासम्म रेल्वे सञ्चालनका लागि तीन हल्ट र पाँच स्टेशन निर्माणको अन्तिम चरणमा छ । स्टेशन भवन, आवास निर्माण अन्तिम अवस्थामा छ । यात्रुवाहक रेल गुडाउन जयनगर (भारत) बर्दिवास ब्रोडगेज (६९ किलोमिटर) सञ्चालनका लागि काम भइरहँदा जयनगर–जनकपुर रेल लिकलाई बुधबार दिउँसो मालवाहक रेल गुडाएर ‘फाइनल टच’का लागि तयारी शुरु गरिएको प्राविधिक बताउँछन् ।

    भारतीय निर्माण कम्पनी इरकोन इन्टरनेशनलले ब्रोडगेज रेल सञ्चालनका लागि लिक बनाएको हो । यसअघि जयनगर–जनकपुर–बिजुलपुरा (५२ किलोमिटर) मा सञ्चालित न्यारोगेज रेलमा २० देखि २५ किलो मिटर प्रतिघण्टाको गति थियो । ब्रोडगेज रेल सञ्चालनमा आएपछि जयनगरदेखि कुर्थासम्मको ३५ किलो मिटरको दूरी आधा घण्टामा पूरा हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…