• ताप्लेजुङको पाथीभरा देवीको मन्दिरमा दर्शन गर्न पुग्नेहरुको संख्या बढ्दै गएको छ । धार्मिक र ऐतिहासिक महत्व बोकेको यो मन्दिरको दर्शन गरे सबै मनोकांक्षा पुरा हुने जनविश्वास रहँदै आएको छ । पाथिभरा देवीको मन्दिरको धार्मिक र ऐतिहासिक रुपमा ठूलो महत्व देखिन्छ ।

    नेपालकै प्रमुख शक्तिपीठका रुपमा रहेको यस मन्दिरमा नवरात्रको समयमा विशेष पूजा अर्चना गरी बली चढाउने चलन छ । यहाँ वर्षेनी २ लाख भन्दा बढी दर्शनार्थी आउने गर्दछ । जसका कारण धार्मिक पर्यटन वृद्धि गर्नका लागि बलियो आधार तय गरेको देखिन्छ । देशभरी नवदुर्गा भवानीको पूजाअर्जना भव्यताका साथ सुरु भइरहँदा पाथिभरा देवीको मन्दिरमा पनि चहलपहल भइरहेको छ ।

    देवी पाथीभराले भक्तजनहरूले चढाएको बलि स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहि आएको छ । पाथीभरा देवीको महिमा र देवीप्रतिको आस्थाका कारण देश विदेशबाट दर्शनार्थी आउने क्रम जारी छ । इतिहास फगत इतिहास मात्रै होइन वर्तमानको आधार पनि हो त्यसैले पनि यस मन्दिर प्रतिको श्रद्धा र यसको शक्तिबारे मानिसहरुमा गहिरो विश्वास देखिन्छ ।

    साक्षात् शक्तिशाली देवीको रुपमा पचिरचित यस मन्दिरमा भाकल र दर्शन गरे मनोकांक्षा पुरा हुने विश्वास रहेको दर्शनार्थी बताउँछन् । प्रायः बाह्रै महिना दर्शनार्थीको खचाखच हुने यस मन्दिरमा नवदुर्गाको अवसरमा त अझ थामिनसक्नु भीडभाड देखिन्छ । पाथीभरा दर्शनका लागि पहिलेदेखि नै राजा, महाराजादेखि उच्च पदस्थ अधिकारीहरु पनि आउने गर्दथे र अहिले पनि जारी छ ।

    हिन्दु धर्मावलम्बी मात्र होइन किराँत धर्म मान्नेहरु पनि यहाँ पुग्ने गरेका छन् । धार्मिक पर्यटन प्रर्वद्धनका हिसाबले ठुलो सम्भावना बोकेको प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर अझै पनि भौतिक पुर्वाधारको विकास र प्रचार प्रसारको पर्खाईमा रहेको छ ।

    https://www.youtube.com/watch?v=Wcxhte5Unt0

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…