• काठमाडौं, २५ असोज । नेपाली कांग्रेसको २१ असोजमा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको विद्यार्थी भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)मा ३२ बर्षे उमेर हद लगाएपछि माउ पार्टी कांग्रेसमा तरंग पैदा भएको छ ।

    नेताहरु दुई ध्रुवमा बाडिएका छन् । पार्टीको संस्थापन पक्षले यो निर्णय उपयुक्त भन्दै बचाउँ गरिरहेको छ भने नेता रामचन्द्र पौडेल पक्षका नेताहरु विपक्षमा देखिएका छन् ।

    नेविसंघको विधानमा ३२ बर्षे उमेर हद लगाउने निर्णय केन्द्रिय समितिबाट हुदाँ चार नेताले नोट अफ डिसेन्ट लेखेका थिए । नोट अफ डिसेन्ट लेखेका कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुनरसिंह केसीले २५ बैशाखमा बोलाइएको  केन्द्रिय कार्यसमिति बैठक बहिस्कारको तयारी गरेका छन् ।

    तर, नेता रामचन्द्र पौडेलले भने कुनै निर्णय लिन सकेका छैनन् । विहिबारका लागि बोलाइएको बैठकमा नेविसंघ र कांग्रेसको विधानका विषयमा छलफल हुने बताइएको छ ।

    विहिबारको बैठक बहिस्कार गर्ने या नगर्ने भन्ने विषयमा छलफल गर्न सोमबार बसेको पौडेल समूहको बैठक विना निष्कर्ष सकिएको छ । बैठक बहिस्कार गर्नुुपर्ने सिटौला, प्रकाशमान र अर्जुनरसिंहले राखेको प्रस्तावमा अन्य नेता सहमत नभएपनि बैठक विना निष्कर्ष सकिएको हो । भेलामा नेता डा. रामशरण महतले बैठकमा जानुपर्ने धारणा राखेका थिए ।

    कांग्रेस भ्रातृ संगठनले विधान आफैं बनाउँछन् र कांग्रेसको केन्द्रीय समितिले अनुमोदन गरेपछि लागू हुन्छ । नेविसंघको ११ औं महाधिवेशनले १२ औं महाधिवेशनबाट ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरेको थियो ।

    तर, नेविसंघको केन्द्रीय समितिले त्यसलाई हटाएर विधान अनुमोदनका लागि कांग्रेस केन्द्रीय कार्यसमितिमा पठायो ।

    नेविसंघले पठाएको विधान बैठकमा पेश नै नगरी चोर बाटोबाट अर्को विधान ल्याएको भन्दै पौडेल र सिटौला समूहले विरोध गरेका हुन् । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…