काठमाडौं ।
चर्चित गायिका मेलिना राईको र गायक गोविन्द चेम्जोङको स्वरमा सजिएको ‘आना र सुका’ले दर्शक श्रोताको मन जित्दै गएको छ ।
युट्युवमा उक्त गीतको भिडियोको हेर्नेको संख्या बढिरहेको छ । रामजन सुब्बाको शब्द रहेको उक्त गीतको संगीत ताराप्रकाश लिम्बुले गरेका हुन् । एलिशा राई र पुस्कर दहालको जोडदार अभिनय भिडियोमा हेर्न सकिन्छ । सान थापाको निर्देशन रहेको भिडियोको एरेन्ज साहस शाक्यले गरेका हुन् । भिडियोको छाँयाङ्कन अर्जुन तिवारीले गरेका हुन ।