• तनहुँ, २५ असोज 

    नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताको सूत्रमा बाँध्न आवश्यक रहेको बताउनुभएको छ ।

    काङ्ग्रेस क्षेत्र नं १ तनहुँले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले पार्टीभित्र न्याय, निष्पक्षता र पारदर्शिताको मूल्याङ्कन हुन आवश्यक रहेको औँल्याउनुभयो । राष्ट्रका लागि काङ्ग्रेसले महत्वपूर्ण भूमिका खेल्न नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “संसदीय दलले सदनदेखि सडकसम्म प्रतिरोध गर्न नसक्दा काङ्ग्रेसले यो हविगत भोग्नुपरेको हो ।”

    नेतृत्वको कमजोरीले पार्टीले पराजय भोग्नुपरेको उहाँको भनाइ थियो । कार्यक्रममा राष्ट्रियसभाका सांसद प्रकाश पन्थ, सांसदद्वय दोबाटे विक र सरिता गुरुङ, पूर्वमन्त्री अमरराज कैनी, पूर्वसांसद रामचन्द्र पोख्रेल, पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायतले शुभकामना दिनुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…