• समिर सुवेदी

    कुनै पनि कार्य गर्न त्यति सहज हुदैन । यि विविध संघर्ष र अफट्यारा परिस्थिहरुसंग पनि जुध्दै धेरै लामो संघर्षपछि सफलतातिर लम्कदै गरेको संस्था हो आरम्भ नाट्य डबली रतुवामाई । सुरुमा आफ्नै क्षेत्रमा ४० मिनेटको समय पनि नपाएको आरम्भ यतिवेला विभिन्न स्टेजका कार्यक्रमहरुको विशेष आकर्षण वन्दै गएको छ । शुन्य वजेटमा रहेर समाजमा युवा शक्तिहरुले पनि केही गरौं भन्ने उदेश्यले स्थापना गरिएको आरम्भ नाट्य डबलीले पहिलो कार्यक्रममै निराशजनक परिस्थिती भोग्नुपरेको थियो ।

    कार्यक्रम गरु त आफुसंग बजेट थिएन आरम्भ नाट्य डबली रतुवामाई अरुले नि आयोजना गरेको कार्यक्रममा भएपनि समय माग्दै आफ्ना प्रस्तुतिहरु दिएर आफुलाई समाजमा स्थापना गराउन भौतारिरहनु परेको स्थिति थियो । सुरुमै स्थानिय क्षेत्रमा ४० मिनेटको समय उपलब्ध हुन्छ भन्ने आश्वसन पाएर रियलसोन थालेको आरम्भ माछो माछो भ्यागुतो जस्तै भयो । आरम्भले ४० मिनेट त के चालिस सेकेन्ड पनि समय पाउन सकेन आरम्भलाई समय अभाव देखाउदै कार्यक्रम गर्न दिइएन । स्थानिय हरुबाटै साथ र सहयोग मिल्ला र समाजमा केही गरुला भन्ने उदेश्य राखेको आरम्भको निराश भएर वस्नुदेखी अरु विकल्प थिएन ।

    आरम्भका लागि यो क्षण निकै दुःखद र स्मरणीय क्षण बन्न पुगेको अध्यक्ष समिर सुवेदी वताउनुहुन्छ । भनिन्छ असफलता नि सफलता प्राप्त गर्ने ठुलो माध्यम हो भन्ने उदेश्यले आरम्भले स्थानिय व्यवसायिहरुसंग सरसल्लाह र सहयोग संकलन गरि स्थान परिर्वतन गरी कार्यक्रमको तयारी अगाडि बढायो र सफलतापुर्वक २०७४ सालको हरितालिका तिजको दिन हजारौ दर्शकहरुको विचमा रतुवामाई नगरकी नगरउपप्रमुख दमयन्ता चुडालको प्रमुख आतिथ्यतामा कार्यक्रम सफलतापुर्वक सम्पन्न भयो । यो कार्यक्रम नि समय अभाव देखाउदै स्टेज हुदैन भन्नेहरुका लागि गतिलो झापड भयो । यस कार्यक्रमबाट हजारौ दर्शकको माया र प्रशंसा पाएपछि अब आरम्भ परिवार लाई केही गर्न थप हौसला मिल्यो । त्यसपछि आरम्भले सार्वजानिक स्थानमा सरसफाई अभियानलाई अगाडि बढायो । शुभदिपावलीको अवसरमा संकलित रकम सामाजिक काममा लगानि गर्ने वाचाका साथ कला र संस्कृतिको रक्षा गर्ने उदेश्यले घर घरमा देउसी भैलो कार्यक्रम संचालन गरी संकलित रकमबाट सार्वजानिक स्थानमा सरसफाई डस्बिन स्वागत धन्यवाद वोर्ड राख्दै समाजमा सकारात्मक छाप छोड्दै अगाडि बढ्दै गयो ।

    कार्यक्रमहरु गर्ने क्रममा सार्वजानिक विद्यालयहरुमा सडक र्दुघटना न्युनिकरणका लागि ट्राफिक सचेतना कार्यक्रम, जनचेतनामुलक नाटक मञ्चन जस्ता कार्यक्रमहरु अगाडि पस्कदै आरम्भ न्यानो अभियान अन्तर्गत गरिव, असाहय र सडक बालबालिकाहरुलाई विभिन्न ठाउबाट कपडाहरु संकलन गरि वितरण समेत गर्दै पुर्वका विभिन्न ठाउँहरुमा मन जित्दै गयो । त्यतिमात्र होईन कला र साहित्यको जर्गेना गर्नुपछ भन्ने हेतुले नगरप्रमुखको उपस्थितीमा विद्यालयहरुवीच कविता प्रतियोगिता लगाएत विच विचमा सांस्कृतिक कार्यक्रमहरु पस्कदै समाजमा आफ्नो पहिचान बनाउदै अगाडि बढ्यो । आरम्भले समाजमा आखा रोगीहरु भएको महसुस गरि रामलाल गोल्छा आखा अस्पताल र मोरङ सुनसरी सेवा समाजसंग समन्वय गरी रतुवामाइको सोमबारे बजारमा एकदिने आखा शिविर पनि संचालन गर्यो ।

    यस्ता यस्ता थुप्रै कार्यक्रमहरु गर्दै २०७५ श्रावण १९ गते सम्ममा १४ वटा कार्यक्रमहरु पस्कदै रतुवामाई नगरकै सवैभन्दा वढी कार्यक्रम दिन सफल सक्रिय संस्थाका रुपमा आफुलाई अग्र उभ्याउदै सफल संस्थाका रुपमा चिनारी बनाउदै प्रथम साधरणसभा समापन गरेको थियो । त्यसपछि पनि आरम्भ आफ्ना पाईला अगाडि सार्दै धरानका मृगौला पिडित प्रविन राईलाई प्रेम भण्डारीको सहयोगमा केही आर्थिक सहयोग हस्तान्तरण गर्न समेत पुगेको थियो । त्यसलगतै आरम्भले महिनौ अगिदेखी मनाईने तिजलाई विशेष दिनमा मात्र मनाईनु पर्छ भन्ने सन्देश दिदै तिजविशेष कार्यक्रमको व्यापक तयारीका साथ जनचेतनामुलक नाटकहरुका माध्यमबाट सन्देश प्रवाह गर्दै हजारौ दर्शकको विचमा सफलतापुर्वक सम्पन्न गरेको थियो । यस्ता कार्यहरु गरेर समाजमा सकारात्मक छाप र सन्देश प्रवाह गर्ने आरम्भका कार्यक्रमहरुलाई आजभोली ठाउ ठाउमा विशेष प्रस्तुतिका रुपमा राखिएका हुन्छन ।

     

    विभिन्न कार्यक्रमहरुमा दर्शक तान्ने माध्यम बनेको छ यतिवेला आरम्भ नाट्य डबली रतुवामाई , आरम्भका कार्यक्रम भनेपछि केटाकेटी, युवा देखी लिएर वृदवृदा समेत कान ठाडा ठाडा पार्ने गरेका छन । आज आरम्भले स्टेज खोजिरहेको छैन स्टेजले आरम्भ खोजिरहेको छ । आज आरम्भले स्टेज मागिरहेको छैन स्टेजले आरम्भ मागिरहेको छ यस्ता विविध संघर्षहरुपछि सफलताका खुट्किलाहरु चडिरहेको आरम्भले लगभग लगभग पुर्वका विभिन्न क्षेत्रहरुमा सामाजिक छाप छोड्दै आफुलाई स्थापित गराईसकेको छ । कार्यक्रमहरु पस्कने क्रममा आरम्भलाई यतिवेला जनचेतनामुलक नाटक मञ्चन गर्न तिव्र गतिमा लागि परेको छ ।आरम्भ नाट्य डबली कला साहित्य मञ्च रतुवामाईले नजिकिदै गरेको बडादशैं तथा शुभदिपावलीमा रमाईलोका नाममा लागुपदार्थको प्रयोग गरि समाजमा हुने गरेक झैझगडा, होहल्ला, वृकृतिहरु हरुलाई मध्यनजर गर्दै रतुवामाई नगरपालिका विभिन्न चोकहरुमा असोज २८ गतेदेखी लागुऔषध विरुद्ध जनचेतनामुलक सडक नाटक “ अध्यारो सुरुङभित्र ” प्रस्तुत गर्ने भएको छ ।



    समाज रुपान्तरणका लागि विगतका दिनहरुमा पनि विविध जनचेतनामुलक प्रस्तुतीहरुका साथमा सामाजिक काममा सक्रिय रुपमा आफ्ना पाईला चाल्दै गरेको यो संस्थाले रतुवामाई नगरपालिकाको कार्यलय संग समन्वय गरी सो कार्यक्रम गर्न लागेको आयोजकले जानकारी दिएको छ । दशैं नजिकिदै गईरहेका वेला समाजमा देखा पर्ने विभिन्न अराजक गतिविधिहरु नियन्त्रण गर्ने उदेश्यले सो कार्यक्रमको तयारी गरिएको अध्यक्ष समिर सुवेदीले वताएका छन । उक्त नाटक नगरपालिकाका विभिन्न चोक तथा हाट बजारहरुमा मञ्चन गरिने छ भने ५ हजार भन्दा बढी नगरवासीहरुले उक्त नाटकको अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।

    उता रतुवामाई ९ ठकठकियामा सुदर्शन यूवा क्लबको आयोजना र समाजसेवी कृष्ण कार्की को एकल लगानिमा असोज २९ गते सम्पन्न हुन लागिरहेको जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्याक्तिहरुको सम्मान कार्यक्रममा पनि आरम्भ नाट्य डबली रतुवामाईले जेष्ठ नागरिक सम्मानमा आधारित हरि नेपालको लेखन र सस्मित राना मगरको निर्देशन रहेको जनचेतनामुलक नाटक “कहिले बल्छ बत्ती??” मञ्चन गर्न लागेको हो । उक्त नाटकमा बुहारीले सासुलाई घरबाट निकाल्न गरिएको षड्यन्त्र, एउटी बुढी बजैका पिडा, आफुलाई बरिष्ट भनौदा व्याक्तिहरुले गरेको शोषणको पर्दाभास जस्ता विविध कुरालाई जस्ताको तस्तै चित्रण गरी मञ्चन गरिने कुरा निर्देशक सस्मित राना मगरले बताएका छन । उक्त कार्यक्रमको लागि रियलसोन भईरहेको कलाकार अर्पित नेपालले जानकारी दिएका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…